ताँजाकोट गाउँपालिकाले ४१ जना करार तथा ज्यालादारी कर्मचारीको करार सम्झौता रद्ध

फोटो क्याप्सन ताँँजाकोट गाउँपालिकाको कार्यालय । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाले बिभिन्न शाखाहरुमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरुको सेवा करारको म्याद थप नगर्ने भएको छ । गाउँपालिकाले एक सार्वजनिक सुचना प्रकाशन गरि ती कर्मचारीहरुको सेवा करार रद्ध गरिएको जनाएको हो ।

गाउँँपालिका भित्रका स्वास्थ्य संस्था, शिक्षण संस्था, वडा, बिभिन्न शाखा गरि जम्मा ४१ जना ज्यालादारी तथा करार कर्मचारीको सेवा करार रद्ध गरिएको गाउँँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए । यसअघि यस्ता कर्मचारी ८० जन रहेकोमा हाल ४१ जनालाई हटाएर ३९ जना भने रित पुर्वक काममा खटाईएको उनले बताए । प्रबिधिक र शिक्षातर्फ भने आवश्यक परे कानूनी ब्यवस्था गरेर पनि कर्मचारीको पुर्ती गर्न सकिने तर अब अनावश्यक कर्मचारीलाई भने बिदा दिनु नै उपयुक्त भएको उनको भनाई छ ।

गाउँँपालिकाका प्रशाासकीय अधिकृत नर रावतले गत आव र यस आव ०८२।०८३ को गाउँपालिकासंगको करार सम्झौता अनुसार यस गाउँपालिका कामकाज गर्दै आएका ज्यालादारी तथा करार सेवामा कार्यरत कर्मचारीहरुको हकमा स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ८३ (८) कर्णाली प्रदेश स्थानीय सेवा ( गठन तथा सञ्चाल ऐन ( २०८१ को दफा १४ को ब्यवस्था, कर्णाली प्रदेश स्थानीय सेवाा ( गठन तथा सञ्चालन नियमावली ) २०८१ को नियम ११ को ब्यवस्था बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पत्र अनुसार नेपाल सरकार मन्त्री परिषदको निर्णय र अर्थ मन्त्रालयको पत्राअनुसार स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका कर्मचारी राख्न नपाउने भनि गरिएको नीतिगत ब्यवस्थाले गाउँपालिकाले करार तथा ज्यालादारी कर्मचारी करार सम्झौता रद्ध गरिएको बताए ।

यति धेरै करार तथा ज्यालादारी कर्मचारी भएको कारण गाउँपालिकालाई आर्थिक भार थेग्न पनि समस्या भएको र अहिले पनि ती कर्मचारीलाई पारिश्रमिक दिन नसक्ने अबस्था रहेको उहाँले बताउनुभयो । यसबाट गाउँपालिका आर्थिक भारबाट जोगिने ऋणात्मक अवस्थामा समेत सुधार आउने बिस्वास उहाँले गर्नुभयो ।

करार तथा ज्यालादारी कर्मचाारी हटाउने तयारी उक्त गाउँपालिकाले गत वर्ष पुस महिनामा पनि गरिएको थियो । कानूनी ब्यवस्था गत असार सम्पन्न भएको गााउँ सभाबाट कानूनी ब्यवस्था पनि गरिएको र अहिले आएर त्यसको कार्यान्वयव गरिएको हो ।