
सि.टा. समाचारदाता
सिमकोट । नेपाल र चीनको सिमाना हिल्सामा निर्माण कार्य पुरा भएको एक वर्ष भएपनि मैत्री पुल सञ्चालनमा आउन पाएको छैन । चिनीयाँ पक्षले निर्माण कार्य पुरा गरेको मैत्री पुल सञ्चालनका लागि आवश्यक प्रकृया भई रहेको कारण सञ्चालनमा आउन नसकेको हो ।
हिल्सामा गत वर्ष मङ्सीर महिनामा निर्माण कार्य पुरा भएको दुई देशको सिमामा हिल्साको कर्णाली नदी माथि मैत्री पुल हालसम्म सञ्चालनमा आउन नसकेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । निर्माण भएको पुल सञ्चालनमा आउन नसक्नुको कारण बारे हिल्सा कै चिनीयाँ कष्टमका अधिकारीसंग जिज्ञासा राख्दा मैत्री पुल सञालनका लागि आबश्यक प्रकृयाका लागि केन्द्रमा लेखी पठाएको र त्यो प्रकृया अगाडी बढी रहेको जवाफ आउने गरेको भन्ने भनाई छ ।
उक्त पुल सञ्चालमा नआउदा हिल्साबाट ताक्लाको जाँदा र ताक्लाकोटबाट हिल्सामा फर्कदा पैदल भारी बोकेर हिड्नु पर्ने अवस्था आएको छ । नेपालको तर्फबाट सो मैत्री पुल निर्माण गर्दा समन्वयको जिम्मा पाएको हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेल बहादुर नेपालीले पुस सञ्चालन बारे आफुलाई कुनै जानकारी नै नआाएको बताए । चिनीयाँँँ पक्षबाट कुनै जानकारी नआएको कारण पुस कहिले सञ्चालन बारे केही भन्न सकिने अबस्था छैन ।
उक्त निर्माण गरिएको पुललाई चाँडो सञ्चालनमा ल्याउन देखिएको छ । एक सय बीस मिटर लामो सो मैत्री पुल सम्पुर्ण रुपमा निर्माण कार्य पुरा भएर पनि त्यति कै रहेको अबस्था छ । उक्त मैत्री पुर्ण चिनीयाँ पक्षले एक वर्षको अवधिमा निर्माण कार्य पुरा गर्ने गरि काम सुरु गरिएको भएपनि छ महिनामा सो पुलको निर्माण कार्य पुरा भएको थियो ।
पुल निर्माणका क्रममा चिनीयाँँ पक्षले नेपाली भूमिमा पुलको अन्तिम बिन्दुबाट साँढे तीन सय मिटर लम्बाई र आठ मिटर चौढा कालोपत्रे सडक पनि निर्माण कार्य भदौ महिनामा चौध दिन लगाएर सम्पन्न भएको थियो । हिउद महिना सुरु भई सकेको कारण अब हिउ परेपछि यो हिउदको अबधिमा सञ्चालन आउने संभावना देखिदैन ।



















