सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा बिधुत आपुर्ती गर्दै आएको हिल्दुम बिधुत बितरण केन्द्रले आफ्नो बिधुत आपुर्ती कार्य बन्द गर्ने भएको छ । पावर हउस लगाएत संरचनामा मर्मत कार्य गर्नु पर्ने भएको कारण केन्द्रले आफ्नो बिधुत आपुर्ती कार्य बन्द गर्न लागेको हो ।
पावर हाउसको इन्टेक, फर्बे र ओभर फ्लोको मर्मत कार्य गर्नु पर्ने भएको कारण पाँँच दिनका लागि केन्द्रले बिधुत आपुर्ती कार्य पाँच दिनका लागि बन्द गर्न लागेको बितरण केन्द्रका प्रमुख इन्जिनीयर जितेन्द्र शाहले बताए ।
बिधुत आपुर्ती कार्य कात्तिक २३ गतेबाट २७ गतेसम्म हुनेछ । यो पाँच दिनमा बितुध आपुर्ती कार्य पुर्ण रुपमा बन्द गरेर मर्मत कार्य गरिने उनले बताए । यसमा पर्ने जाने असर प्रति पनि केन्द्र क्षेमा याचन समेत गरेको छ ।
























