आयआर्जनका लागि पाल सहयोग

फोटो क्याप्सन किसानलाई लागत साझेदारीमा प्रदान गरिएका गृनहाउस निर्माणका लागि प्लाष्टिकका पाल ।

सि. टा. समाचारदाता
सिमकोट । सिमकोट र खार्पुनाथ गाउँपालिकाका सहकारीमा आबद्ध किसानहरुलाई प्लाष्टिकका पालहरु प्रदान गरिएको छ । बेमौसमी तरकारी फलाएर आयआर्जन गर्नका लागि यी पालहरु लागत साझेदारीमा प्रदान गरिएका हुन ।

खार्पुनाथ गाउँपालिका– ४ को नल्न गाउँकी रुघु शाहीले सहयोगी निकाय र आफ्नो लागत साझेदारी पर्ने गरि प्लाष्टिकका पालहरु उपलब्ध भएको बताईन । गृनहाउसका लागि संरचना निर्माण गरि रहेको र अब पाल लिएर गृनहाउन निर्माण गरिने छ । गृनहाउसमा बिशेष गरि साग र धनियाँ उत्पादन गरेर बिक्री गर्ने र त्यसबाट आम्दानी हुने छ । सिमकोट गाउँपलिका– ५ गीता रोकायाले आफ्नो र सहयोगी संस्थाको आर्थिक सहयोगमा पाल पाएपछि गृनहाउस निर्माण सुरु गरिएको बताउनुभयो ।

गृनहाउसमा साग उत्पादन गरेर पुस महिनासम्म बिक्री गरेर आम्दानी गरिने उनको भनाई छ । ग्रीन हाउन निर्माण गरेर त्यसमा तरकारी उत्पादन गरेर आर्थिक कमाई गर्न लागत साझेदारीमा प्लाष्टिकको पाल ३८ जना सहकारीमा आबद्ध किसानलाई प्रदान गरिएको स्नोल्याण्ड एकिकृत बिकास केन्द्रका कृष्  प्राबिधिक जङ्गबहादुर शाहीले बताए । यो पालको मुल्यमा चालीस प्रतिशत किसान र साठी प्रतिशत परियोजनाले लागत ब्यहोर्ने छ । सिमकोट गाउँपालिकाका बुराउसे, माथिल्लो गाउँ, तल्लो गाउँ र हिल्दुम तथा खार्पुनाथ गाउँपालिकाका नल्ना, छिप्रा र माझा बस्तीका गरि ३८ जना किसानलाई पाल प्रदान गरिएको उनले बताए ।

यो पाल लिएर किसानले गृनहाउस निर्माण गरि सकेपछि तरकारीको बीउ भने निशुल्क प्रदान गरिनेछ । यसका लागि एकिकृत सामुदायीक बिकास परियोजनाले चार लाख एकानब्बै हजार रुपियाँ लागत लागेको छ । परियोजनाले किसानलाई प्रदान गरिएको सामाग्रीका लागि गुड नेवर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग र स्नोल्याण्ड एकिकृत बिकास केन्द्रको समन्वय र प्राबिधिक सहयोग रहेको छ । यो कार्यबाट किसानले आम्दानप् गर्ने बिस्वास गरिएको छ ।