बिकास माग्न लिमीवासी सदरमुकाममा डेलिगेशन आउदै

सि.टा. समाचारदाता
सिमकाेट – नाम्खा  गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीका स्थानीय हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा डेलिगेशन आउने भएका छन । लिमी छोड्ने क्रम बढ्दै जानु र सडक लगएतका पुर्वाधारको बिकास को अवस्था नाजुक भएको भन्दै त्यसका लागि सरोकारवाला पक्षबिच छलफल र ध्यानाकर्षण गराउन टोली जिल्लामा आउन लाागेको हो ।

हाल लिमीमा बसी रहेको स्थानीयहरुको सम्युक्त बैठकले बिकास र लिमीका समस्या समाधानका लागि जिल्लामा सरोकारवाला पक्षसंग छलफल गर्न डेलिगेशन जाने निर्णय भएको वडा अध्यक्ष पाल्जोर तामाङले बताए । लिमीका तीन वटै गाउँवासीको सम्युक्त बैठकले गरेको निर्णयलाई सोमवार बस्ने वडाको बैठकले अनुमोदन गर्ने र त्यसपछि डेलिगेशनका ऐजेण्डा तयार गरेर सिमकोाट आउने उनले बताए ।

सो डेलिगेशनमा लिमीका तीन गाउँबाट बीसदेखि ३० जना आउनेछन । टोली आएपछि सरोकारवाला पक्षसंग छलफल हुने छ । तील गाउँवााासीलाई पनि सुरक्षित स्थानमाा स्तान्तरणा गर्नु आवश्यक देखिएको बैठकले ठहर गरेको थियो । लिमी गाउँवासीको सम्युक्त बैठक आईतबार सम्पन्न भएको हो ।