सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोटमा रहेको बिजय होटेलको सभा हल सञ्चालनमा आएको छ । मंगलबार कर्णाली प्रदेश योजना आयोगको एक पञ्चवर्षीय योजनाको कार्यक्रम सञ्चालन गरेर उक्त होटेलको हल औपचारिक रुपमा सञ्चालनम आएको हो ।
बिजय होटेल पुरानो भएपनि हल भने नयाँ निर्माण गरेर सञ्चालनमा आएको होटेलका सञ्चालन बिजय लामाले बताए । होटेलमा पचास जना सहभागीलाई जम्मा गरेर कार्यक्रम सञ्चलन गर्न सकिनेछ । मञ्च पनि हलमा निर्माण गरिएको छ । बत्तीको ब्यवस्था पनि नयाँ किसिमले जडान गरिएको छ ।
हलमा एट्याज शौचालय र खानेपानीको पनि ब्यवस्था गरिएको छ । हल माथिल्लो तलामा भएको कारण हिउदमा जाडोबाट बच्न पनि सहयोग पुग्नेछ । हल सञ्चालनमा आएपनि केही संरचना निर्माण गर्न भने बाँकी रहेका छन । सिमकोटको गुणस्तरीय सेवा प्रदान गर्ने होटेल भएपनि यसअघि हल नहुदा कुनै कार्यक्रम सो होटेलले सञ्चालन गर्न नसक्ने अवस्था थियो
























