झुला गाउँँमा पचास किलोवाटको सोलार मिनीग्रीड सञ्चालनमा

फोटो क्याप्सन सोलाार मिनीग्रीडको उद्घाटन पछि गाउँपालिका अध्यक्ष लामा सहितको टिम पावर हाउसमा । तस्बिर ः सि.टा.

सि.टा समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ३ खगालगाउँको झुला गाउँमा पचास किलोवाटको सोलार मिनीग्रीड सञ्चालनमा आएको छ । उक्त मिनीग्रीड परियोजनाको निर्माण कार्य सम्पन्न हुँदा बिधुती आपुर्ती समेत सुचारु भएको हो ।

निर्माण सुरु भएको एघार महिनापछि झुला गाउँमा सोलार मिनीग्रीड परियोजनाबाट बिधुत आपुुर्ती सुरु भएर सञ्चालनमा आएको नाम्खा गाउँपालिका–३ का वडा अध्यक्ष ग्याम्जो लामाले बताए । यो परियोजना सञ्चालनमा आएपछि झुला गाउँवासीले पहिलो पटक बिधुत उपभोग गर्न पाउनेछन । सो गाउँमा १२१ घरधुरी रहेका छन् ।

उक्त वडाका तीन वटा वस्तीहरु खगालगाउँँ, गुम्बा र लामा खोल्सीका स्थानीय झुला गाउँमा बस्दै आएका छन । पचास किलोवाट बिधुत उत्पादन सुरु भएर हाल बितरण सुरु गरिएको छ । बिधुत बितरण सुरु भएपछि स्थानीयले सल्लाको दियालो बाल्नु पर्ने बाध्यता समेत हटेको सो गाउँका स्थानीय देव लामाले बताए ।

उक्त परियोजना गत चैत महिनाबाट निर्माण कार्य सुरु भएर हाल सम्पन्न भएको हो । यसका लागि बैकल्पिक उर्जाको चार करोड बीस लाख र सङ्घीय सरकारको अनुदान सहयोग पचास लाख लागत साझेदारी गरि चार करोड सत्तरी लाख बजेटमा निर्माण कार्य सम्पन्न भएको छ । उक्त गाउँ पुर्ण रुपमा बिधुतीकरण हुनुका साथै फर्निचर, कुटानी पिसानी मिल समेत स्थापना गर्न सकिने भएको छ ।

गाउँँका लागि आबश्यक भन्दा बढी बिधुत उत्पादन हुने भएको कारण स्थानीयले त्यसको ब्यवस्थापनका लागि तयारी गरि रहनु भएको छ । सो सोलार मिनीग्रीडको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले एक कार्यक्रमकाबिच औपचारिक रुपमा उद्घाटन गरेपछि सञ्चालनमा आएको हो । यसअघि सोही गाउँपालिका–५ को यारीमा पनि पचास र हिल्सामा एक सय किलोवाटको सोलार मिनीग्रीड निर्माण भएर हाल सञ्चालनमा रहेको छ ।