हुम्लामा प्रदेश सरकार अन्तरगतका बिकासे कार्यालयको पूँजीगत खर्च न्यून 

फोटो क्याप्सन : प्रदेश लेखा इकाई कार्यालय । तस्बिर  : सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । गत आर्थिक वर्ष ०८२।०८३ मा हिमाली जिल्ला हुम्लामा बिकासे वजेटका रुपमा चिनीने पुँजीगत वजेट ६१ प्रतिशत मात्र खर्च भएको छ ।

कार्यक्रम सञ्चालन मापदण्ड र कार्यविधि स्थान अनुसार नहुनु, निर्माण सम्पनी र उपभोक्ता समितिले समय मै काम नगरेको कारण जिल्लाको बिकासका लागि विनीयोजित पुँजीगत बजेट कम खर्च भएको हो ।

गत आर्थिक वर्षमा कुल विनियोजित पुँजीगत बजेटको ६१ दशमलव सुन्ने पाँच प्रतिशत मात्र खर्च भएको प्रदेश लेखा इकाई कार्यालयका प्रमुख रामदत्त पाण्डेले बताए ।

कुल विनीयोजित पुँजीगत वजेट एक अर्व ७६ करोड २७ लाख रहेकोमा त्यसमा एक अर्व सात करोड ६१ लाख ८६ हजार १७६ रुपियाँ खर्च भएको छ । यसमा असार महिनामा मात्र ५७ लाख ६२ हजार ५१ हजार ७४३ रुपियाँ खर्च भएर कुल खर्कको असार महिनामा मात्र ५३ दशमलव ५४ प्रतिशत खर्च भएको छ ।

यो पूाजीगत खर्च दश वटा बिकासे कार्यालय उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यलय, डिभिजन वन कार्यालय, खानेपानी सिंचाई तथा उर्जा बिकासक कार्यालय, कृषि बिकास कार्यालय, पशुअस्पताल तथा पशु सेवा कार्यालय, पुर्वाधार बिकास कार्यालय, सामाजिक बिकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र, जिल्ला समन्वय समिति, प्रदेश खेला इकाई कार्यालय र सात वटा गाउँपालिकाको हो ।

यसरी पुँजीगत खर्च कम हुनुमा तय भएका कार्यक्रम सञ्चालन मापदण्ड अनुसार सेवाग्राहीले पेश गरेका प्रस्तावनाहरु नहुनु, कार्यबिधि ढिलो आउनु रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख पशु चिकीत्सक नविन पौडेलले बताए ।

जिल्लाभर सञ्चालित भौतिक पुर्वाधारका योजनाहरु उपभोक्ता समिति र निर्माण कम्पनीले समय मै काम नगरेको कारण लक्ष्य अनुसारको पुँजीगत खर्च बढाउन नसकिएको पुर्वाधार बिकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताए । उनको कार्यालयले पनि पुँजीगत खर्च न्यून गरेको छ ।