सि.टा. समाचारदाता
सिमकोट । साहित्यकार बसन्ती शाहीका एउटै मञ्चवाट दुई वटा कृतिहरु लोकार्पण गरिएको छ । शनिबार सुर्खेतमा ती कृतिहरु कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीले एक कार्यक्रमकाबिच लोकार्पण गरेका हुन ।
हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को खर्पेल गाउँमा स्थायी ठेगाना भएकी साहित्यकार बसन्ती शाहीद्धारा लिखित “ आमा र आँसु ” कथा संग्रह र “ यादका थुँगाहरु ” कबिता संग्रह एउटै कार्यक्रममा लोकार्पण गर्ने कार्य प्रदेश प्रमुख जोशीबाट गरिएको कृतिका लेखक शाहीले बताईन । कथा र कबिता संग्रहका सामाग्रीहरुको विषयवस्तु बिशेष गरि कर्णालीको समसामयिक विषय, कुरिती, कुसंस्कार, कुप्रथा, बिकृती, बिसंगतिलाई समेटिएको छ ।
त्यसैगरि कर्णालीका महिलाको पिडालाई विषयवस्तु बनाईएको छ । साहित्यकार शाहीले कर्णालीको बिकासलाई नेता जीवन बहादुर शाहीले राखेको लक्ष्यलाई पनि विषय समेटेर कृतिहरुबाट सन्देश दिन खोजकी छन् ।
कार्यक्रमका प्रदेश प्रमुख जोशीले आफ्नो भनाई राख्दै कृतिहरुले कर्णालीको बास्तविकतालाई कोट्याउने प्रयास गरिएको बताए । यी कृतिले कर्णाली मात्र नभएर सुदुरपश्चिमका महिलाहरुको प्रतिनिधत्व गरेको उनले बताए । सम्रग कर्णालीका महिला सहित आफुले समेत भोगेको पिडालाई ती सामाग्रीमा पोखिएका छन् ।
कार्यक्रममा महेश बिक्रम शाह, डाक्टर महेन्द्रकुमार मल्ल, डाक्टर नवराज केशी र पत्रकार ज्योति कटुवालले कथा र कविता संग्रहका बारेमा र साहित्यकार शाहीका बारेमा चर्चा गरेका थिए । दुवै कृति निक्कै सरल, सहज, सामान्य भाषा शैलीमा रचना गर्न साहित्यकार सफल भएको उनीहरुको भनाई थियो ।
कर्णालीमा साहित्य रचना गर्ने सिमित महिलामा शाही पनि पर्ने भनाई बक्ताहरुको थियो । कार्यक्रमका कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुरले कृतिका बारेमा चर्चा गरेका थिए । कर्णालीमा महिलाहरुले यसरी लेख्न सक्नु ठुलो कुरा भएको बताउदै यस्ता सिमित हात मध्य बसन्ती शाही एक पर्ने उनले बताए ।
साहित्यकार शाहीले पनि आफ्नो भोगाई र सिकाईका बारेमा जानकारी गरेकी थिईन । हुम्लाकी महिलाले भोगेको पिडा आफुले पनि भोगेको उनको भनाई थियो ।
यसअघि पनि उनले कविता लगाएतका अन्य तीन वटा रचनाहरु प्रकाशन गरि सक्नु भएको छ । आमा र आसु कथा संग्रहमा चौध वटा कथालाई समेटिएको छ भने यादका थुँगा कविता संग्रहमा ८२ वटा कविताहरु समेटिएका छन् ।
ती कृतिको मुल्य पु ३५० रुपियाँ र चार सय नब्बे रुपियाँ कायम गरिएको छ । शिक्षण पेशा सहित सामाजिक षेत्रमा पनि काम गरेकी कवि तथा कथाकार शाही हाल कर्णाली प्रदेशका प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष समेत हुन ।
























