सि.टा.समाचारदाता
सिमकोट । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हुम्ला जिल्लाबाट दल बहादुर फडेरालाई उम्मेदवारका रूपमा छनौट गरिएको छ । तीन जना आकांक्षीको जिल्लाबाट नाम सिफारिस भएकोमा केन्द्रबाट फडेरा टिकट लिन सफल भएका हुन ।
पार्टीको केन्द्रीय तहबाट गरिएको उक्त निर्णयसँगै हुम्लामा एमालेको चुनावी तयारीले औपचारिकता पाएको छ । जिल्ला कमिटी हुम्लाले प्रतिनिधिसभा निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरे पनि अन्ततः पार्टीको केन्द्रीय सचिवालयले फडेरालाई उम्मेदवार चयन गरिएको छ । पार्टीभित्र लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका, संगठन निर्माण र वैचारिक पक्षमा अनुभवी मानिने फडेरालाई उम्मेदवार बनाउनु पार्टीले न्याय गरेको एमाले कार्यकर्ताले बताएका छन ।
फडेरा यसअघि अदानचुली गाउँपालिकाका पुर्व अध्यक्ष समेत हुन । २०७९ सालको निर्वाचनमा हुम्ला जिल्लाकबाट कर्णाली प्रदेश सभाका लागि क नम्बर क्षेत्रमा निर्वाचन लडेर पराजित भएका थिए । दल फडेरा नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्य समेत हुनुहुन्छ भने एमालेको दशौं महाधिबेशनबाट पनि केन्द्रीय सदस्यमा उनी चयन थिए ।
लामो राजनीतिक अनुभव, पार्टीप्रतिको निष्ठा र संगठनप्रति समर्पणका कारण उहाँलाई प्रतिनिधिसभा उम्मेदवारको जिम्मेवारी दिइएको पार्टी नेताहरूको बुझाइ छ । टिकट घोषणा भएसँगै हुम्लामा एमालेका कार्यकर्ता तथा समर्थकहरूमा उत्साह थपिएको देखिन्छ भने पार्टीले निर्वाचनलाई लक्षित गर्दै चुनावी गतिविधि तीव्र पार्ने तयारी गरेको छ ।
एमाले हुम्लाले हुम्ला जिल्लाका इन्चार्ज एवं कर्णाली प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री दलबहादुर रावल र सौमति ऐडीको नाम सिफारिस गरेको थियो । उम्मेदवार छनौटसंग एमाले नेताहरु जिल्लम भित्रिन सुरु भएको छ ।























