सि.टा. समाचारदाता
सिमकोट । निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । आईतबार आयोगको कार्यालयमा बसेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
यो लागु भएप्छि आयोगले तयार भएका आचार संहिता लागु हुनेछन । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदै छ । आयोगले उम्मेदवार दर्ताको मिति पर्सि ६ गतेलाई तोकेको छ ।






















