सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसले निर्वाचन क्षेत्र १ भएको हुम्ला जिल्लाका लागि जयपति रोकाया उम्मेदवार छनौट भएका छन् । काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्लाबाट उनहरुलाई उम्मेदवार चयन गरेका हुन ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति हुम्लाबाट तीन जनाको नाम सिफारिस भएकोमा अन्तिममा केन्द्रले रोकायालाई चयन गरेको नेपाली काँग्रेस हुम्लामा उपसभापति कैलाश भण्डारीले बताए । उनी नयाँ समेत हुन । पहिलो पटक प्रत्यक्ष निर्वाचनका उनी प्रतिश्प्रधी रहेका छन् । काठमाडौंमा रहेका रोकाया मङ्गलबार बिहान मात्र हुम्ला आई पुगेका छन् ।
२०४९ सालबाट नेपाल बिधार्थी संङ्घबाट राजनीति सुरु गरेका रोकाया हाल नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समितिको सदस्य छन् । २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्यका लागि जिल्लाबाट समानुपातिकमा उनी सिफारिस भएपनि अन्तमा सदस्य चयनमा सफल हुन सकेका थिएनन ।
नेपाल बिधार्थी संघ हुम्लाको अध्यक्ष, नेपाल तरुण दलको अध्यक्ष हुदै नेपाली काँग्रेस हुम्लाको दुई कार्यकाल सभापति समेत भई सकेका छन् । यस पटक उनी सहित नेपाली काँग्रेस हुम्लाले कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवन बहादुर शाही र संविधान सभा सदस्य रीता शाहीको नाम सिफारिस गरेको थियो























