हुम्लामा मितेरी पार्टी नेपालका उम्मेरदवार शाहीको उम्मेरदारी फिर्ता

फोटो क्याप्सन उम्मेदवारी फिर्ता गरेपछि शाही । तस्विर ः सि.टा.

सि.टा. समाचारदाता
हुम्ला । गत माघ ६ गते फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यके निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका एक जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । नेकपा (एमाले) का उम्मेरदवार दल फडेरालाई समर्थन गर्दै मितेरी पार्टीका उम्मेरदवार जयबहादुर शाहीले आफ्नो उम्मेरदारी फिर्ता लिएका हुन ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा मितेरी पार्टीका तर्फबाट उम्मेरदारी दर्ता गराउनु भएका शाहीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो उम्मेरदारी फिर्ता लिनु भएको मुख्य निर्वाचन अधिकृत निलकण्ड बरालले बताए । अब हुम्लामा सात जना उम्मेदवारबिच प्रतिश्प्रर्धा हुनेछ ।

उम्मेदवारी फिर्ता लिएका शाहीले एमालेका उम्मेदवार फडेरालाई सहयोग गर्नका लागि आफूले उम्मेरदारी फिर्ता लिएकोे जानकारी दिए । मेरो समर्थन एमालेका उम्मेरदवार फडेरालाई समर्थन गर्दै उम्मेरदारी फिर्ता लिएको शाहीले बताउदै अब म एमालेको पक्षमा खुलेर प्रचार–प्रसार गरेर हिड्ने बताए ।

एक मात्र निर्वाचन क्षेत्र भएको हुम्लामा आठ जनाले उम्मेरदवारले मनोनयन दर्ता गरेका थिए अव निर्वाचनमा नेपाली काँग्रेसबाट जयपति रोकाया, नेपाल कम्युनिष्ट पार्टी (एमाले ) का तर्फबाट दलबहादुर फडेरा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा रहेका छन ।

त्यसैगरि नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) को तर्फबाट डाक्टर दिपेन्द्र रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टासी लाङ्जोम, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) का कुम्भ बुढा र प्रगतिशील लोकतान्त्रीक पार्टीका जटिल कार्की रहेका छन् ।