सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेस हुम्लाका उम्मेदवार जयपति रोकायाले मतदातासंग आठ संकल्पहरु सार्वजनिक गरेका छन् । आफु निर्वाचित भई सकेपछि हुम्लावासीका लागि कसरी अगाडी बढ्ने भन्ने कुरा स्पष्ट पार्न रोकायाले ती संकल्पहरु शुक्रबार सार्वजनिक गरेका हुन ।
“ रााजनीति कमाई होईन, जनसेवा हो ”भन्ने मुल ध्ययका साथ उनले सार्वजनिक गरेका आठ संकल्पहरुमा नितान्त जनताका जनजिवीकासंग सम्वन्धित रहेका छन् । उनका संकल्पहरुमा म पदका लागि होईन, सेवाका लाागि उम्मेदवार वसेको, हुम्लाका समस्या कागतमा नभई जीवनमा भोगेको, चुनाव जिते भाषण भन्दा काममा बिस्वास गर्ने नेतृत्व दिने बिस्वास दिलाउन चाहेको र पाँँचै वर्ष जनतासंग वस्ने प्रतिनिधि वन्न चाहेको संकल्प उनले गरेका छन ।
त्यसैगरि उनका अन्य संकल्पहरुमा चुनाव जितेर हराउने प्रतिनिधि नभई पुरै अवधि जनतासंग रहने प्रतिनिधि बन्न चाहेको, शिक्षा र स्वास्थ्यलाई सेवा नभई मौलिक अधिकारका रुपमा स्थापित गर्न चाहेको, भ्रष्टाचार, कमिसन र पहुँचको राजनीतिसंग कुनै सम्झौता नगर्ने, जनताको कर र श्रोत जनता कै हितमाा प्रयोग गर्न समन्वयको भूमिका निर्वाह गर्ने र संसदमा दुर्गमका गुनासा र सदस्याहरुलाई बुलन्द रुपमा आावाज उठाउन चाहान्छु र त्यसका लागि जिल्लावासीले अवसर प्रदान गर्न उनले आग्रह गरेका छन ।
























