सि.टा. समाचारदाता
सिमकोट । प्रतिनिधिसभा सदस्य पदकोे निर्वाचनमा हिमाली जिल्ला हुम्लामा सवै मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट आई पुगेका छन् । शुक्रब।र बिहानैबाट नेपाली सेनाका दुई वटा हेलिकोप्टरले ढुवानी गर्ने कार्य भएपनि सवै मतपेटिका आई पुगेका हुन ।
नाम्खा, चिंखेली र ताँजाकोट गाउँपालिकाका पाँच वटा मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी भएपछि सवै मतपेटिका आई पुगेको मुख्यनिर्वाचन अधिकृतको कार्यालयमा आई पुगेको मुख्यनिर्वाचन अधिकृत निलकण्ठ बरालले बताए । हेलिकोप्टले ढुवानी गरेका मतदान केन्द्रका मतपेटिकामा नाम्खा गाउँपालिका– ६ को हिमशिखर प्रावि, भृकुटी प्रावि लिमी, हिमालय प्रावि चाला, चंखेली गाउँपालिका– ५ को डाँफे आवि नेप्का र ताँजाकोट गाउँपालिका– ३ को बानादेव प्रावि मासपुरका मतपेटिका रहेको छन् ।
अब केही समयपछि सर्वदलीय बैठक बस्ने तयारी भई रहेको छ । जिल्लाभर भएको निर्वाचनमा ६५ दशमलव ३५ प्रतिशत मतदान कार्य भएको थियो । सवै मतदान केन्द्रमा गरि २२ हजार ४६७ मत खसेको थियो । यसमा एघार ४०९ पुरुष र एघार हजार ५८ महिला मतदाताले मतदान गरेका थिए ।
छिटफुट घटना बाहेक जिला सवै मतदान केन्द्रमा निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएको थियो । सुरुमा एक दुई मतदान केन्द्रमा सामान्य बिबाद भएपनि अधिकाँस मतदान केन्द्रमा समय मै मतदान कार्य सुरु भएको थियो । ३४३७२ मतदाता रहेका छन् । त्यसमा १८ हजार २१ पुरुष र १६ हजार ३५१ महिला मतदाता रहनु भएको छ । हुम्ला जिल्लामा ६० वटा मतदानस्थल र ६५ वटा मतदान केन्द्रहरु रहेका छन् ।
























