सि.टा.समाचारदाता
सिमकोट । मतगणना अघि वस्नु पर्ने सर्वदलीय बैठक शुक्रबार बेलुका साँढे चार वजेबाट सुरु भएको छ । दलका उम्मेदवारले वैठकमा उपस्थित हुन ढिलो गरेका कारण बैठक बल्ल सुरु भएको हो ।
सर्वदलीय बैठक बिहान ११ वजे वस्ने गरि बोलाईएको भएपनि साँढे चारवाट सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका अनुसार पहिले एमाले उम्मेदवार दलबहादुर फडेरा बाटो आउदै गरेको कारण पर्खिनु परेकोले बैठक बस्न ढिलाई भएको हो ।
एमाले सहित अन्य छ दलका उम्मेदवार र प्रतिनिधि तीन वजे आएपनि नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डाक्टर दिपेन्द्र रोकाया आई नपुगेको कारण बैठक वस्न ढिलो भएको हो । सवै उम्मेदवार आई पुगेपछि अव वैठक सुरु भएको यो बैठक सकिए लगत्तै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
























