सि.टा. समाचारदाता
सिमकोट । हुम्लामा मतगणना कार्य रोच बन्दै गएको छ । सर्केगार्ड गाउँपालिकासम्म गणना गर्दा निक्कै अगाडी रहेका नेकपा डाक्टर दिपेन्द्र रोकाया खार्पुनाथमा गणना सुरु भएसंग अन्तर ह्वात्तै घटेपछि परिस्थिती रो्चक बनेको हो ।
पछिल्लो मत गणनाको बिबरण अनुसार डाक्टर रोकाया आफ्नो प्रतिश्प्रधी भन्दा केही घटेर ७५८ मतले नेकपाका डाक्टर रोकाया अगाडी रहेका छन् । यसअघि डाक्टर रोकाया बाह्र सय १३ मतले अगाडी थिए । खार्पनाथ सुरु हुँदा डाक्टर रोकायाले पाँच हजार ३५८ मत पुगेको छ भने काँग्रेका रोकाया चार हजार ५९९ मत पुगेको छ । त्यसैगरि नेकपा एमालेका फडेराको तीन हजार २१६ मत पगेको छ ।
रास्वपाकी टाली लाजोमले १४८ मत ल्याएकी छन भने राप्रपाका छक्क बुढाले ९७ मत पाएका छन् । त्यसैगरि नेकपा माओवादीका कुम्भ बुढाले १११, प्रलोपाका जटिल कार्कीले २३८ मत ल्याएका छनज् भने २६० मत बदर भएको छ । हुम्ला जिल्लामा एक अस्थायी सहित ६५ मतदान केन्द्र रहेका छन् । हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकोमा २२ हजार ४६७ मत खसेको थियो ।
























