सि.टा. समाचारदाता
सिमकोट । चार वटा गाउँपालिकाको मतगणना हुँदा पछाडी रहेको नेपाली काँग्रेसका उम्मेदवार जयपति रोकाया १२५ मतले अगाडी बढेका छन् । खार्पुनाथ गाउँपालिकाको मत गणना हुदा काँग्रेस उम्मेदवार रोकाया अग्रस्थानमा आएका हुन ।
हुम्लामा मतगणना कार्य रोचक बन्दै गएको छ ।
सर्केगार्ड गाउँपालिकासम्म गणना गर्दा निक्कै अगाडी रहनु भएका नेकपाका डाक्टर दिपेन्द्र रोकाया खार्पुनाथको मतगणना भएसंगै काँग्रेसका रोकायाले अग्रता लिएका छन् । अव काँग्रेस उम्मेदवार जयपति रोकायाको पाँच हजार ७५३ मत पुगेको छ भने नेकपा उम्मेदवार डाक्टर रोकायाको पाँच हजार ६२८ मत पुगेको छ । उनीहरु दुई जना बिच १२५ मतको अन्तर रहेको छ । खार्पुनाथ गाउँपालिकाको मतगणनासंगै प्रतिश्प्रर्धा रोच बनेको हो । त्यसैगरि नेकपा एमालेका दलबहादुर फडेराले पनि तीन हजार १४५ मत पप्त गरेका छन् ।
रास्वपाकी टाली लाजोमले १३८ मत ल्याउनु भएको छ भने राप्रपाका छक्क बुढाले ९६ मत ल्याउनु भएको छ । त्यसैगरि नेकपा माओवादीका कुम्भ बुढाले १०७, प्रलोपाका जटिल कार्कीले २३५ मत ल्याएका हुन भने २४१ मत बदर भएको छ । ती चार वटा गाउँपालिकामा बाह्र हजार ९५७ मत खसेको थियो । त्यसमा बाह्र हजार ७१६ मत सदर भएका थिए । पाँच वटा गाउँपालिकाको मतगणना कार्य सकिदा १५ हजार ७६१ मत गणना भएको छ । अव सिमकोट र नाम्खा गाउँपालिकाको मतगणना कार्य बाँकी रहेको छ । हुम्ला जिल्लामा एक अस्थायी सहित ६५ मतदान केन्द्र रहेका छन् । हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकोमा २२ हजार ४६७ मत खसेको थियो ।
























