सि.टा.समाचारदाता
सिमकोट। २०७७ सालमा कोरोनाका बेला चीनले हुम्ला जिल्लालाई सहयोग गरेको सेनिटाईजर हिल्सामा बेवारिसे अवस्था रहेको छ । चीनले सहयोग गरेपछि स्वास्थ्य सेवा कार्यालयले बुझेर हिल्सामा भाडाको घरमा राखेको र त्यसपछि प्रयोग गर्नेतर्फ ध्यान नदिदा सो सेनिटाईजर हाल प्रयोगका लागि समय सिमा सकिएपछि बेवारिसे अवस्थामा रहेको छ ।
कोरोानका बेला जिल्लाका लागि प्रयोग गर्न चीनले सहयोग गरेको सेनिटाईजर प्रयोगका लागि समय सिमा सकिएपछि गोदामवाट बाहिर निकालेर त्यति कै बेवारिसे अवस्थामा राखिएको नाम्खा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले बताए ।
पाँच वर्ष अगाडी चीनले कोरोनाको समय सहयोग गरिएका सामानहरु मध्य ग्लोव र मास्क भने स्वास्थ्य सेवा कार्यालयले हिल्सावाट ढुवानी गरेर सिमकोट लिएको भएपनि सेनिटाईजरका कार्टुनहरु त्यतै गोदाममा राखेको र त्यसपछि कसैको त्यो प्रयोग गर्ने वा सिमकोट लैजाने भन्नेतर्फ ध्यान नजादा यो अवस्था आएको हो । एक सय कार्टुन सेनिटाईजर लापरवाहीले खेर गएका छन् । केही हिल्सामा नदी किसानरमा त्यति कै फालिएको छ ।
कोरोनाका बेला सो कार्यालयले आवश्यक ठानेको सामान ढुवानी गरेको तर सेनिटाईजरलाई आवश्यक नठाने कै कारण यो अवस्था सृजना भएको हो ।
ती सामानहरु पाँच वर्षसम्म हिल्सामा एउटा ब्यक्तिको घरमा कोठा भाडा लिएर राखेको भएपनि त्यो भाडा समेत तिरिएको छैन् । घर भाडामा दिएका ब्यक्ति भाडा नपाएको गुनासो गरि रहेका छन् ।
केही दिन अगाडी आफु हिल्सामा जाँदा चीनले सहयोग गरेको सेनिटाईजरका कार्टुनहरु ब्यक्तिको घरमा भएको जानकारी पाउपछि खोलेर हेर्दा सवै प्रयाग गर्न अयोग्य देखिएपछि कोठाबाट बाहिर निकालिएको र अव त्यसलाई नष्ट गरिने उनको भनाई छ ।
ती सामान राखेको घरको भाडा समेत कस्ले तिर्ने भन्ने एकिन भएको छैन । कोरोना अवधिमा निक्कै महत्व रहेको थियाे ।




















