सिमकोट समाचारदात
हुम्ला । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको झपटका लागि गृह मन्त्रालयले गठन गरेको जाँचबुझ समितिको टोली सदरमुकाम सिमकोटबाट फिर्ता भएको छ । सो घटनाको यथार्थ कुरा बुझ्नका लागि प्रहरी बरिष्ठ उपरिक्षकको ( एसएसपी ) नेतृत्वमा सुर्खेतबाट कोल्टी हुँदै आएको टोली कवाडीबाट लाम्पाटा क्षेत्रमा पुगेर हुम्ला आएको र सोमवार हुम्लावाट फिर्ता भएको हो ।
घटनाको यथार्थको बुझ्नका लागि गृह मन्त्रालयले गठन गरेको प्रहरी बरिष्ट उपरिक्षक बिमलराज कँडेल नेतृत्वको टोली सिमकोट आएर फिर्ता भएको प्हरी नायव उपरिक्षक शंकर खड्काले बताए । टोली आईतबार दिउसो सिमकोट आई पुगेको थियो । आईतबारबाट टोली घटनाका सम्वन्धमा हुम्ला जिल्लाका सम्वन्धित ब्यक्तिहरुसंग बुझ्ने कार्य गरेको थियो । यो कार्य सामेवार पनि गरिएको थियो ।
जाँचवुझ टोलीमा एक जना प्रहरी नायव उपरिक्षक र दुई जना प्रहरी निरीक्षक रहेका छन । सो टोली जेठ १३ गते कवाडीबाट झडप भएको स्थान लाम्पाटातर्फ गत बुधबारै गएको थियो । त्यस्तै लाम्पाटा घटनाका पिडितसंग पनि टोलीले कुरा बुझेको छ ।
हुम्लावाट फिर्ता भएको टोली अब बाजुराको मार्तडीमा जाने छ । सीमा विवादले उग्र रुप लिदा लाम्पाटामा दुई जिल्लाका स्थानीयविच झडप नै भएको थियो । त्यसपछि भने दुवै जिल्लाका सुरक्षाकर्मीहरुलो सो स्थानमा खटिदै आएका छन । उक्त घटनामा चार जना घाईते भएका थिए । घाईते चारै जनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।
























