
सि.टा. समाचारदाता
सिमकोट । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न भारतीय पर्यटक आउन सुरु भएको छ ।
ती धार्मिक पर्यटकहरु नेपालगंजबाट कर्णाली करिडोर हुँदै पैदल मार्गबाट सिमकोटसम्म आई पुगेका हुन । भारतबाट आफ्नै सवारी साधनमा नेपालगंज सुुर्खेत हुँदै सिमकोटसम्म भारतीय धार्मिक पर्यटकहरु आउन सुरु भएको छ ।
पहिलो दिन चार वटा साना गाडी र छ वटा मोटर साईकलमा भारतीय नम्बर प्लेटका सवारी साधनमा पर्यटकहरु सिमकोटसम्म आई पुगेका थिए । ती पर्यटकहरु लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने उद्धेश्यका साथ आउने गरेका हुन ।
यसरी सिमकोटसम्म आफ्नो सवारी साधनमा आउने भारतीय पर्यटकहरुले सिमकोट भन्दा माथि भने नेपाली नम्बर प्लेटका याधनहरु प्रयोग गर्नु पर्छ ।सिमकोट माथिको क्षेत्र निशेधित भएको कारण भारतीय नम्बर प्लेटका सवारी साधनहरु लिन पाईदैन ।
आन्तरिक पर्यटकहरुको रोजाईमा रहेको लाप्चा क्षेत्र अब भारतीय पर्यटकहरुको रोजाईमा पनि पर्नु सकरात्मक कार्य भएको छ । गतवर्ष मोटरसाईकलमा भारतबाट यसरी लाप्चा पुग्ने गरि भारतीय पर्यटकहरु आउने गरेका हुन ।























