सि.टा. समाचारदाता
हुम्ला । कर्णाली प्रदेश सरकार अन्र्तगतको कृषि बिकास कार्यालयले चालु आर्थिक वर्षमा ८५ प्रतिशत भन्दा बढी वित्तिय प्रगति हाँसिल गरेको छ । उक्त आवमा सो कार्यालयले सञ्चालन गरेका चालु र पुँजीगत शिर्षकका कार्यक्रमका लागि उक्त प्रगति हाँसिल भएको हो ।
कृषि विकास कार्यालयले कुल विनियोजित बजेटको ८५ दशमलव ९२ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको कार्यालय प्रमुख चुडामणी पन्तले बताए । प्रमुख पन्तका अनुसार चालु आवमा विनियोजित बजेट मध्य जम्मा आठ करोड ३१ लाख ३५ हजार वजेट खर्च भएको छ ।
प्रदेश सरकारबाट कुल वजेट नौ करोड ६७ लाख ७३ हजार रुपियाँ वजेट विनियोजित गरिएको थियो । जसमा पुँजीगततर्फ विनियोजित तीन करोड १५ लाख ७० हजार वजेटमा दुई करोड ६६ लाख ४६ हजार खर्च भएर ८४ दशमलव चार प्रतिशत प्रगति हाँसिल भएको छ ।
त्यसैगरि चालुतर्फ कुल छ करोड ५२ लाख तीन हजार रुपयाँ विनीयोजित भएकोमा पाँच करोड ६४ लाख ८९ हजार रुपियाँ खर्च भएर ८६ दशमलव ६४ प्रतिशत प्रगति हाँसिल भएको छ । कार्यालयले कृषि क्षेत्रसंग सम्वन्धित विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
























