सिमकोट ठेहे सडकको स्तरोन्न्ती हुने

सि.टा. समाचारदाता

सिमकोट ।       सात वर्ष अगाडी ट्रयाक खोल्ने कार्य भएर हाल सञ्चालनमा आई रहेको साँघुरो र कच्ची सडकको स्तरोन्नती गर्नेका लागि वजेटको ब्यवस्था गरिएको छ । उक्त सडकको दुरावस्थाका बारेमा गुनासोहरु धेरै आई रहेको बेला सो सडकको स्तरोन्नती गर्नका लागि आगामी आर्थिक वर्षमा संङ्घ, कर्णाली प्रदेश र सिमकोट गाउँपालिकाद्धारा बजेटको ब्यवस्था गरिको हो ।

सदरमुकाम सिमकोटबाट बुराउसे, वरगाउँ हुँदै ठेहेसम्मको साँघुरो र कच्ची सडकको स्तरोन्नतीका लागि तीन तहको सरकारबाट वजेटको ब्यवस्था भएको सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । यसका लागि संङ्घ सरकारले पुर्वाधार बिकास कार्यालय मार्फत एक करोड बजेटको ब्यवस्था गरेको छ भने कर्णाली प्रदेश सरकारले समपुरक शिर्षकमा साठी लाख वजेटको ब्यवस्था गरेको छ ।

प्रदेश सरकारको साठी लाख समपुरक वजेटमा बीस प्रतिबतले हुन आउने बाह्र लाख वजेट थपेर ७२ लाखमा सिमकोट गाउँपालिकाले उक्त सडकको स्तरोन्नती गर्ने कार्य सुरु गर्ने उहाँले बताउनुभयो । त्यसैगरि संङ्घ सरकारको एक करोड वजेटबाट पुर्वाधार बिकास कार्यालयले सोही सडकको अर्को खण्डमा स्तरोन्नती गर्ने कार्य सुरु गर्नेछ ।

बाह्र किलोमिटरको सडकमा सिमकोट गाउँपालिका– ६ को राउतस्वाडाबाट एउटा खण्डको काम सुरु गरिने र अर्को खण्ड वरगाउँबाट सुरु गरिने र कस्ले कहाँ गर्ने भन्ने कुरा सिमकोट गाउँपालिका र पुर्वाधार बिकास कार्यालयसंग समन्वयमा गरिने उहाँले बताउनुभयो । यो सडकको स्तरोन्नतीका लागि दुवै कार्यालयले टेण्डर आव्हान गर्ने तयारी गरि रहेका छन् । ग्रामीण सडकले ट्रयाक खुलेको सात वर्षपछि स्तरोन्नतीका लागि वजेट पाएको छ ।

यसबाट हालको कच्ची, साँघुरो, खाल्डाखुल्डी र हिलाम्मे सडकले सुधारिने अवसर प्राप्त गरेको स्थानीय छिरिङ लामाले बताउनुभयो । वजेटको ब्यवस्था भई सकेकोले अव यसको स्तरोन्नती गर्ने कार्य चाँडो सुरुवात गर्न उहाँले आग्रह गर्नुभयो । कच्ची र खाल्डाखुल्डीमा ायत्रा गर्दै आउनु भएका स्थानीय सडक स्तरोन्नतकिा लागि वजेटको ब्यवस्था हुँदा खुसी हुनु भएको छ ।