सि.टा समाचारदाता
हुम्ला । डिभिजन बन कार्यालय हुम्लाले हालसम्म कार्यालयका कर्मचारी, बन समिति, उपभोक्ता समितिको नाममा रहेको असुलउपर गर्नु पर्ने बेरुजु मध्य ७१ प्रतिशत भन्दा बढी संपरिक्षण गराएको छ । कार्यालय प्रमुख महेश कुमाईको बिशेष पहलमा गत आर्थिक वर्ष ०८२।०८३ मा सो असुलउपर गर्नु पर्ने बेरुजु संपरिक्षण गरिएको हो ।
कार्यालयले असुलउपर गर्नुपर्ने कुल एक करोड २१ लाख १० हजार ९३३ रुपियाँ बेरुजु मध्य गत आवमा मात्र ८६ लाख असी हजार ९४५ रुपियाँ असुल गराएर संपरिक्षण समेत सम्पन्न गराएको प्रमुख कुमाईले बताए ।
यसबाट असुल गर्नु पर्ने कुल बेरुजु मध्य ७१ दशमलव ७३ प्रतिशत बेरुजु असुल गरेर संपरिक्षण कार्य भएपछि सो बेरुजु घटेको छ । वर्षौ पुरो वेरुजुलाई असुल गरेर संपरिक्षण गर्ने कार्य भएको बताउदै उनले अव अरु बाँकी बेरुजो असुली र संपरिक्षका क्षेत्रमा पनि लाग्ने बताए ।
अव डिभिजन बनमा असुल गर्नु पर्ने बेरुजु रकम ३४ लाख२० हजार ९८८ रुपियाँ अझै बाँकी रहेको छ । सो पनि असुल गराउने कार्यका लागि ताकेता भई रहेको छ ।
त्यसैगरि कार्यालयको नामामा नियमित गर्नु पर्ने बेरुजु रकम दुई करोड ६३ लाख २२ हजार ३०२ रपियाँ रहेको छ । सो भने नियमित हुन सकेको छैन । त्यसै नौ लाख असी हजार रुपियाँ पेश्की बेरुजु रहेको र त्यसलाई पनि संपरिक्षण गरिएको छैन ।
























