यारी नाका भन्सारबाट लक्ष्य भन्दा तीन गुणा बढी राजस्व संकलन

फोटो क्याप्सन यारी नाका भन्सार कार्यालय ।

सि.टा समाचारदाता
सिमकोट ।        नेपाल र चीनको सिमाना स्थापना गरिएको यारी नाका भन्सा कार्यालयले लक्ष्यको तीन गुणा बढी राजस्व सङ्कलन गरेको छ । निक्कै चहल पहल कम हुने उक्त नाकाबाट एक आर्थिक वर्षमा कार्यालयले सो राजस्व असुली गरेको हो ।

आर्थिक वर्ष ०८२।०८३ मा लक्ष्यको तीन गण्ुाा बढी राजस्व असुली गर्न सफल भएको कार्यालयका प्रमुख रामराज जैसीले बताए । उक्त कार्यालयलाई भन्सार बिभागले छ लाख छ हजार ५८० रुपियाँ दिएकोमा सो आर्थिक वर्षमा बीस लाख दुई हजार रुपियाँ असुली भएको उनले बताए ।

हिल्सा नाकामा भन्सार कार्यालय स्थापना भएयता नै सवै भन्दा बढी उक्त आर्थिक वर्षमा राजस्व असुली भएको छ । यो नाका भएर हुम्ला जिल्लाका लागि आवश्यक पर्ने सामानहरु मात्र चीनको ताक्लाकोटबाट आयात हुने गर्छन ।

बिशेष गरि निर्माण सामाग्रीमा सिमेन्ट र छड आयात भएका थिए भने अन्य सामानहरुमा दुध, चियो, जुस, जुत्ता, पिजी ब्लाङ्केट, लगाउने कपाड, खेलौनाहरु आएका भएका थिए । आर्थिक वर्ष ०८१।०८२ मा सो कार्यालयलाई विभागले ८३ हजार रुपियाँका लक्ष्य दिएकोमा छ लाख ५४ हजार रुपियाँ राजस्व असुली गरेको थियो ।