कालाशिल्ताको मन्दिरबाट चोरी भएको पुजाको सामान भेटिए

फोटो क्याप्सन चोरी पछि भेटिएका सामानका मन्दिरमा ।

सि.टा. समाचारदाता

सिमकोट । सिमकोट गाउँपालिका– ६ को कालाशिल्ताको मन्दिर ( माडु) तोडफोड गरि चोरी भएका पुजाका सामानहरु भेटिएका छन । मन्दिरबाट चोरेर लग्ने अज्ञात ब्यक्तिले बिहीबार राती दुई वटा बोरामा राखेर मन्दिरको ढोकामा ल्याएर राखेपछि चोरिएका सामान भेटिएका हुन ।

दुई महिन अगाडी मन्दिरबाट चोरी भएका सामानहरु पत्ता लागेको स्थानीय टेकबहादुर रोकायाले बताए । प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेको भएपनि कुनै पत्ता लगाउन नसकिएको बेला बिहीबार राती अज्ञात ब्यक्तिले बोरामा राखेर ती सामा मन्दिरको ढोकामा राखेपछि पत्ता लागेका हुन ।

चोरी भएर भेटिएका सामानहरुमा कालिका देवीको मुर्ती एक थान, तामाको थाली एक थान, काँसको मजिरा दुई थान, पानसको दियो एक थान, बदरशिला एक थान, ठुलो पानस एक थान, शंक एक थान, बक्समा राखिएको चाँदीको सिक्का ३७ वटा, सानो दियो १०८ वटा, गौरी शंख दुई थान, दाईने शंखएक थान, सादा शंख, ३६ लिटर धारा तेल र ठुलो घण्टी तीन थान रहेका छन् । मन्दिरका सामान भेटिए पछि स्थानीयले प्रहरीलाई खवर गरिएकोे थियो ।

सामान राखिएको मन्दिरमा प्रहरी आएपछि मुचुल्का उठाएर धामीझाँक्री र स्थानीय रोहवरमा यी सामान मन्दिरका पुजारी डवल रोकायालाई बुझाउने कार्य गरिएको छ ।

चोरीका सामानहशर भेटिएपछि देवताका धामी झाँक्री र स्थानीय खुसी भएका छन् । यी सामानहरु धेरै पहिलेदेखि मन्दिरमा राखिएका थिए । गत जेठ ८ गते राती ती सामानहरु चोरी भएका थिए ।