सि.टा. समाचारादाता
सिमकोट । भिरालो जमिनमा निर्माण गरिएका विद्यालयहरु तत्कालका लागि सुरक्षित भएका छन् । ती विद्यालयहरुमा ग्याविक लगाउने कार्यका साथै घेरबार समेत गरिएको कारण सुरक्षित भएका हुन ।
विद्यालयको माथि पनि पहिरो खस्ने डर र तल पनि भिरालै जमिन भएको कारण सधै जोखिम रहेको अवस्थामा ग्याविन सहित घेरबार गरिएपछि सुरक्षित महशुस भएको अदानचुली गाउँपालिका– २ को थुममालिका आविका प्रधानाध्यापक भैरवबहादुर भण्डारीले बताए ।
विद्यालयका भवनहरु पक्की निर्माण गरिएका भएपनि पहिरोबाट बच्न ग्याविन लगाउने कार्य नभएको अवस्थामा हाल ग्याविक लगाउनका साथै घेरबार पनि गरिएको कारण ढुक्कका साथ पठनपाठन हुने गरेको छ । अघिल्लो वर्षसम्म पहिरो कै डरले पानी परेपछि पढाई बन्द गरेर बिधार्थीहरु घर पठाउने गरेको बताउदै उनले ग्याविन लगाउने कार्यले सो कार्य बन्द भएको बताए ।
त्यसैगरि ताँजाकोट गाउँपालिका– १ को क्षेत्रफाल आविमा ग्याविन लगाउने कार्यले एक वर्ष अगाडी गएको पहिरोबाट सुरक्षित भएको सो गाउँका स्थानीय जनक खड्काले बताए । बर्खामा विद्यालयमा डराई डराई पढ्ने पढाउने कार्य गर्नु परि रहेको अवस्थामा अव भने सुरक्षित महशुस भएको छ । ग्याविनका साथै सो विद्यालयमा घेरबार गर्ने कार्य पनि गरिएको छ ।
जिल्लाभर आठ वटा विद्यालयमा ग्याविन लगाउने कार्यले ती विद्यालयहरु पहिरोबाट सुरक्षित भएको सामाजिक बिकास कार्यालयका सवईन्जिनीयर धर्मराज बोहराले बताए ।
यसरी ग्याविन लगाउने र घेरवार गरिएका विद्यालयहरुमा नाम्खा गाउँपालिका एक वटा, सिमकोटमा एक वटा, चंङ्खेली गाउँपालिका चार वटा र ताँजाकोट गाउँपालिकामा दुई वटा रहेका छन ।
कार्यालयबाट बिपदबाट क्षेती पुगेका विद्यालयमा पनि पूनःनिर्माण कार्य हुने गरेको छ भने संभावित विपदको जोखिमबाट जागाउनका लागि पनि ग्याविन लगाउने कार्य भएको हो ।
























