हिल्सामा दुई फिट हिमपात

सि.टा. समाचारदाता
सिमकोट । चीनसंग सीमा जोडिएका हिल्सा नाकामा दुई फिट फिट हिउ परेको छ । लगातारको वर्षापछि शनिबार रातीबाट हिल्सामा हिमपात सुरु हुँदा हालसम्म दुई फिट हिउ जमेको हो ।
शनिबार रातीबाट सीमा क्षेत्र हिल्सामा हिमपात सुरु हुँदा अहिले बिहान दश वजेसम्म दुई फिट हिउ जमेको प्रहरी नायव उपरिक्षक शंकर खड्काले बताए । नारा क्षेत्रमा त्यो भन्दा बढी हिउ परेको उहाँले बताउनुभयो । सीमा क्षेत्र हिल्सामा हिमपात भएपनि जनजीवन प्रभावित भएको छ । तापक्रम माईनमा झरेको छ । हिमपातबाट हिल्सा आवागमन पुर्ण रुपमा बन्द भएको छ । हिमपात भई रहेकोले अझै बढी हिउ जम्ने देखिएको छ । हिमपात भई रहेकोले उच्च क्षेत्रमा चिसो बढेको छ । यो यसवर्षको पहिलो हिमपात हो । गतवर्ष असोज २४ गते पहिलो हिमपात भएको थियो ।
फोटो क्याप्सन
हिल्सामा जमेको हिउ ।