बालमैत्री स्थानीय शासन घोषणाका लागि अधिमुखीकरण कार्यक्रम

सि.टा. समाचारदाता
सिमकोट । वडा तथा गाउँपालिकाहरुलाई बालमैत्री स्थानीय शासन (सिएफएलजी ) घोषणाका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । सामुदायीक बिकास केन्द्र डोटीले आयोजनामा आफ्ना कार्य क्षेत्र अन्र्तगतको सिमकोट गाउँ ँपालिकाका सरोकारवालाहरुको उपस्थितीमा यो कार्यक्रम आयोजना गरिएको हो ।
सन २०३० सम्म देशका सवै वडा र गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नुपर्ने राष्ट्रिय नीति रहेको र त्यसलाई पुर्णता दिनका लागि यो कार्यक्रम आयोजना गरिएको केन्द्रका संयोजक निराजन बुढाले बताए । त्यसै अनुसार हासम्म एउटा पनि सो घोषणा नभएका हुम्ला जिल्लाका वडा र गाउँपालिकालाई निर्धारित मितिमा घोषित गर्न सघाउ पुर्याउनका लागि यो कार्यक्रम आयोजनजा गरिएको हो । अभिमुखीकरण कार्यक्रममा संस्थाको बारेमा छोटो जानकारी, संस्थाका लागि आर्थिक सहयोग गर्ने आईएनजीओहरु, नेपाल सरकारका बारेमा पनि जानकारी गरिएको थियो । सिफएलजी घोषणा गर्नका लागि नेपाल सरकारले तय गरेको कानूनी ब्यवस्था, त्यसका लागि गाउँपालिका र वडा तहमा गठन हुने समिति, अंक निर्धारण लगाएतका बारेमा पनि जानकारी गरिएको थियो । त्यसैगरि बालमैत्री स्थानीय शासन अन्र्तगत वडा र गाउँपालिका घोषणा गर्दा पार गर्नु पर्ने ५१ प्रकारका सुचकहरुको वारेमा पनि जानकारी गरिएको थियो । यसको प्रस्तुती संयोजक बुढाले गरेका थिए । कार्यक्रम सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत डम्बरबहादुर बुढा, वडा अध्यक्ष,, सात वटा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षक, वाल क्लव र बालसञ्जालका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती रहेको जानकारी प्राप्त भएको छ ।
फोटो क्याप्सन
अभिमुखीकरण कार्यक्रमका सहभागीहरुसंज सहजिकरण गरिदै ।
तस्बिर ः सि.टा.