सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ५ को खाद्यक गाउँ निवासी सोभन रोकाया आफु युकेमा बस्ने भएपनि बिबाह गरि सकेकी दुलहीलाई पहिलो पटक जन्म घर भित्र्याउदा परम्परागत बिबाह शैलीलाई राजेका छन् ।

तीन वर्ष अगाडी युके जानु अगाडी काठमाडौंमा बिबाह बन्धनमा बाँधिएको र त्यस लगत्तै युके छिरेको रोकायाले दुलही सम्झना राईलाई पहिलो पकट जन्म घर हुम्लाको सिमकोट भित्र्याउदा जन्त नै छोडेर घर भित्र्याएका छन् ।
करिब एक सय जना परम्परागत पोसाक लगाएका जन्तीहरुले घरबाट एयरपोर्ट चोकमा रहेको हुम्ला रिसोर्टमा पुगेर दुलहीलाई बिबाह गरे कै झै गरि घर ल्याएका थिए । दुलहीलाई दुलहा पक्षका जन्तीहरु घरसम्म बोकेर ल्याएका थिए ।

बुधबार राती दश वजेबाट रोकायाको घरमा परम्परागत गीत गाएर पुरुषहरुले बिहीबार बिहानसम्म जाग्राम वस्ने छन् । बिहीबार पार्टी समेत चल्ने छ । गाउँवासीले दुलहा दुलहीलाई टिका लगाउने छन ।












