सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम सिमकोटमा घर निर्माण गर्ने क्रममा एक जना कामदारको लडेर मृत्यु भएको छ । सिमकोट गाउँपालिका– ६ को लोकतन्त्र चोक पछाडीतर्फको नयाँ पक्की ( आरसिसि ) घर निर्माण गर्ने क्रममा ती कामदार लडेर मृत्यु भएको हो ।
बर्दिया जिल्ला राजापुर नगर पालिका– ८ को सुडवाका स्थायी बासिन्दा ३७ वर्षीया कलेशु थारुको नयाँ घर निर्माण गर्ने क्रममा माथिल्लो तलाबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक गंजबहादुर चन्दले बताए ।
घलेर गम्भीर घाईते भएका थारुलाई अस्पताल लगिएको र अस्पतालले मृत्यु घोषणा गरेको उहाँको भनाई छ ।
थारु श्रीमति सहित सिमकोटमा काम गर्दै आएका थिए । प्रकृया मिलाएर लाश श्रीमतिको जिम्मा लगाउने कार्य प्रहरीले गरेको छ ।










