सि.टा. समाचारदाता
सिमकोट । मंसीर १६ गते हुने सर्केगार्ड गाउँपालिकाको उपनिर्वाचनका लागि दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उनीहरु दुवै जनाले छैटौ र सातै नम्बरमा उम्मेदवारी दर्ता गरेका हुन ।
मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले उपाध्यक्ष पदका लागि दुई जनाले स्वतन्त्र उम्मेदवारी हालेको बताए ।
जसमा सर्केगार्ड गाउँपालिका– ४ को साँयाकी रामसरा खड्का साउद र सर्केगार्ड गाउँपालिका– ५ का नरशे शाहीले स्वतन्त्र उम्मेदवारी दिएका हुन । साउद माओवादी आस्था राख्ने हुन भने शाही पहिलेबाटै स्वतन्त्रमा रहेका थिए ।























