सि.टा. समाचारदाता
सिमकोट । नेपाल पत्रकार महासंघले सरकारले मंगलबार संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार विज्ञप्ति जारी गर्दै दर्ता भएको विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन ल्याउने प्रावधान राखिएकाले त्यो अस्वीकार्य भएको जनाएका छन्।
महासंघको बिज्ञप्तीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुनेतर्फ पनि महासंघ सम्बद्ध पक्षको ध्यानाकर्षण गगराउने उल्लेख गरिएको छ ।
नागरिक संघसंस्था महासंघलगायतका सरोकारवाल पक्षसँग छलफल नै नगरी ल्याइएको विधेयक नमान्ने दाहालले बताएका छन् । अगुवा नागरिक संस्था महासंघलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा महासंघले गम्भीर असहमति र आपत्ति प्रकट गर्दछ ।
गरेको छ । सामाजिक सञ्जालको नियमन गर्ने नाममा विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, हाम्रो संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नपार्ने गरी विधेयक अघि बढाउनुपर्ने माग महासंघको छ । महासंघले विधेयकका प्रावधान सच्याउन संघीय संसदसँग आग्रह पनि गरेको छ।


















