
सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्लाको नाम्खा गाउँपालिका र राजधानीको स्तुपा सामुदायीक अस्पतालबिच एक सम्झौता भएको छ । नाम्खा गाउँपालिकाका बिरामीहरुलाई उपचारमा बिशेष छुट दिने ब्यवस्थाका लागि दुई पक्षबिच एक सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्य भएको हो ।
आफ्ना गाउँपालिका भित्रका स्थानीय बिरामी भए उपचारमा छुट दिने ब्यवस्था गर्नका लागि एक सम्झौता काठमाडौंको चुच्चेपाटीस्थित स्तुपा सामुदायीक अस्पताल र नाम्खा गाउँपालिकाबिच भएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले जानकार दिए । सो सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष लामा र अस्पतालको तर्फबाट निेर्दशक चिकीत्सक पेम्वा लामाले हस्ताक्षर गरेका छन् ।
सम्झौता लागु भएको र अब नाम्खा गाउँपालिकाबाट काठमाडौंको उक्त अस्पतालमा उपचारका लागि जाँदा बिशेष छुट पाउने ब्यवस्था गरिएको छ । सम्झौता पत्रमा उल्लेख भए बमोजिम ओ.पि.डीमा उपचार गर्ने बिरामीले पच्चीस प्रतिशतसम्म छुट पाउने छन् ।
त्यसैगरि बिरामीको इन्भेष्टिगेशन गर्दा पनि पच्चीस प्रतिशत नै छुट पाउने ब्यवस्था गरिएको छ । यता सर्जरी र अन्यमा पन्द्र प्रतिशत छुट र बेड शुल्मा पच्चीस प्रतिशत छुट पाउने ब्यवस्था सम्झौता गरिएको छ । यो सम्झौता एक वर्षका लागि लागु गरिएको छ ।
यो सम्झौता कार्यान्वयनमा कुनै समस्या आए दुवै पक्ष मिलेर टुङ्गो लगाईने छ भने सम्झौतामा कुनै फेरवदल गर्नु परेर सहमतिमा गरिने उल्लेख गरिएको छ । यो वर्ष उपचारमा छुट दिने ब्यवस्था गरिएको छ भने आगामी वर्ष नाम्खा गाउँपालिकाका बिभिन्ने खाले एकिकृत स्वास्थ्य शिबिर सञ्चालन गरिने छ ।
अस्पतालका निर्देशक चिकीत्सक लामाले दुर्गममा सामाजिक उत्तर दायित्व अन्र्तगत सामुदायीक अस्पतालले बिरामीलाई उपचारमा छुटको ब्यवस्था गरिएको बताउनुभयो । यसका लागि नाम्खा गाउँपालिकाले उपचारका लागि उक्त अस्पताल जाने बिरामीलाई सिफारिस गर्नु पर्नेछ ।























