पोषण सुधारका लागि किसानलाई बीउ र कृषि सामाग्री सहयोग

फोटो क्याप्सन किसानलाई बीउ र कृषि सामाग्री प्रदान गर्दै वडा अध्यक्ष शाही । तस्बिर ः सि.टा., हुम्ला

सि.टा. समाचारदाता
सिमकोट । वित्पन्न एवं लक्षित वर्गका किसानहरुलाई तरकारीको बीउ र कृषि सामाग्री अनुदानमा सहयोग गरिएको छ । उक्त वर्गको पोषणमा सुधारका साथै जिविकोपार्जन र आयआर्जनका कृयाक्लापमा सहभागी गराउनका लागि कृषि सामाग्री र बीउ सहयोग गरिएको हो ।

खार्पुनाथ गाउँपालिका– ५ का वडा अध्यक्ष भरतजंग शाहीका अनुसार बित्पन्न तथा न्यून आयश्रोत भएका किसानहरुलाई बीउ तथा कृषि सामाग्री सहयोग गरिएको हो । थोरै परिणाममा जग्गा भएका तर तरकारी खेतीको बारेमा जनकारी नभएका लक्षित वर्गका किसानहरुलाई उत्पादित तरकारीबाट लक्षित वर्गको पोषणमा सुधारका साथै जिवीकोर्जन र आम्दानीको श्रोत पहिचान गर्न यो सहयोग गरिएको हो ।

एउटै वडाका ५७ जना लक्षित वर्गका किसानहरुलाई कृषि सामाग्रीका साथै बीउ बिजन सहयोग गरिएको कृषि बिकास कार्यालयका प्रमुख चुडामणी पन्थले जानकारी दिए । यो सहयोग कार्यालयमा लक्षित वर्ग अन्र्तगत रहेको र यसका लागि छनौट समितिको बैठकले लक्षित वर्ग छनौट गरेपछि कार्यक्रम कायान्वयन गरिएको होे ।

बिशेष गरि बित्पन्न किसानलाई जिविकोपार्जनको उपाय सिकाउनुका साथै आर्थिक उपार्जन गर्न पनि सहयोग पुग्ने बिस्वास उहाँले ब्यक्त गर्नुभयो । सहयोग गरिएका सामाग्रीहरुका छनौट भएका लक्षित वर्गका किसानहरुलाई प्लाष्टिकको पाल, गार्डेन पाईप, हजारी, स्प्रिङकल एक एक थान र रायो, काउली, प्याज लगाएतका तरकारीका बीउ रहेका छन् । यसका लागि कार्यालयले दश लाख रुपियाँ लगानी गरेको उहाँले बताउनुभयो । सहयोग पाउने सबै किसानहरुले ग्रीन हाउस निर्माण गरेर तरकारी खेती सुरु गरेका छन् ।