सुर्खेतमा सञ्चालित राष्ट्रिय देउडा प्रतियोगितामा नौ जिल्लाका सहभागी टिमहरु

फोटो क्याप्सन प्रतियोगितामा हुम्लाबाट भाग लिन जानु भएकी देउडा खेलाडी । तस्बिर ः सि.टा.

सि.टा.समाचारदाता
सिमकोट । प्रथम राष्ट्रिय देउडा प्रतियोगितामा ३६ टिमले सहभागिता जनाएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुम्ला जिल्लाको संस्कृति संरक्षण समाजले सो प्रतियोगिता आयोजना गरेको हो ।

लोप हुदै गएको लोक संस्कृति, भेषभूषा र चाल चलनको संरक्षणका लागि प्रथम राष्ट्रिय देउडा प्रतियोगिता सुरु भएको र त्यसका लगि ३६ टिमले सहभागीता जनाएको समाजका अध्यक्ष तीर्थराज रोकायाले जानकारी दिए । प्रतियोगितामा हुम्लाबाट एघार टिमको सहभागीता रहेको छ भने मुगुबाट एक, कालिकोटबाट नौ, जुम्लाबाट तीन, दैलेखबाट दई, जाजरकोटबाट एक, सुर्खेतबाट दुई, बाँकेबाट तीन र बाजुरा जिल्लाबाट दुई टिमले सहभागीता जनाएका छन् । सोमबार नौ वटा टिमबिच प्रतिश्प्रधा भएको छ ।

देउडा गायकहरुले स्थानीय भेषभूषामा सजिनु भएको छ । प्रतियोगिता चैत २० गतेसम्म सञ्चालन हुनेछ । देउडा प्रतियोगिताका साथै बृहत साँस्कृी महोत्सव समेत सुरु भएको छ । प्रतियोगितामा प्रथम, द्धितीया, तृतीया र सान्त्वना हुने टिमलाई क्रमश ५५ हजार ५५५, ३३ हजार ३३३, २२ हजार २२२ र ११ हजार १११ रुपियाँ पुरस्कारको समेत ब्यवस्था गरिएको छ ।

यो प्रतियोगिताका साथै सञ्चालन हुने महोत्सवमा राष्ट्रिय सम्मान प्राप्त देउडा गायक नन्द कृष्ण जोसी, चर्चीत देउडा गायिका रेखा जोसी, छत्र शाही, नव देउडा गायक नवराज भण्डारी, इव्सन सन्ज्यालको सहभागिता रहेको छ । महोत्सवमा ढाल तरबार, स्यार्वु र दमाई नाच पनि प्रस्तुत भई रहेका छन । यो प्रतियोगिताको कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरेका थिए । प्रतियोगिता चैत १६ गतेबाट सुरु भएको थियो ।