
सि.टा. समाचारदाता
सिमकोट । मुलबाट बग्दै आएको पानीका लागि धारा निर्माण गरिएपछि स्थानीयलाई सहज भएको छ । यसअघिको सो पानी भर्न असजिलो र समय लाग्नुका साथै फोहोर पानी प्रयोग गर्नुपर्ने बाध्यता स्थानीयलाई हटेको हो ।
ताँजाकोट गाउँपालिका–५ को भदौरा बस्तीका लागि धारा निर्माण गर्ने कार्य सम्पन्न भएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए । पानीको मुहानमा यसअघि धारा निर्माण नगरिएको कारण मुलको पानी खार्पु पर्ने बाध्यता स्थानीयलाई थियो । स्थानीयलाई पानी भर्न असजिलो, पालो. कुर्नु पर्ने, मुलको पानी भर्दा फोहोर र जुका आउने जस्ता समस्याबाट मुक्ती मिलेको छ ।
भदौरा लगाएतका बस्तीका एक सय घरधुरीका स्थानीयले सो धाराको पानी प्रयोग गर्न पाएका छन । कर्णाली प्रदेश सरकारको बिशेष अनुदान सहयोगबाट गाउँपालिकाले सो धारा निर्माण गरेको छ । भिरालो मुहान सिमेन्टको गाह्रो लगाएर चार वटा धारा निर्माण गरिएका छ ।
पहिरोबाट बचाउन धाराको पछाडी पट्टी ग्याविन समेत लगाएर सुरक्षित पारिएको छ । पशुबस्तूलाई पानी प्रयोग गर्ने संरचना पनि धारासंगै निर्माण गरिएको छ । यसका लागि पचास लाख बजेट खर्च भएको थियो ।
पहिले मुलबाट पानी भर्दै आएका सो गाउँका स्थानीय जनक बुढाले धारा निर्माण पनि पानी प्रयोग गर्न, सरसफाई गर्न र पशुबस्तुलाई प्रयोग गर्न सहज भएको बताए । पानीको मुहान नभएको सो गाउँको केही तल मुहान भएको कारण घरघरसम्म धारा जडान गर्ने संभावना थिएन । यति भएपछि पानी सहज रुपमा प्रयोग गर्ने कार्य भएकोमा उहाँले खुली ब्यक्त गरे ।













