सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि पार्टीहरुले सम्पर्क कार्यालय स्थापना गरेका छन् । निर्वाचन लक्षित गतिविधिहरु सञ्चालन गर्न र नेता तथा कार्यकर्ताहरुविच एक आपसमा समन्वय गर्न सम्पर्क कार्यालय स्थापना गरिएको हो ।
शुक्रबार सदरमुकाम सिमकोटमा एक साथ दुई वटा पार्टीहरुले अफ्ना सम्पर्क कार्यालयहरु स्थापना गरेका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्यत्रय गोरख बहादुर बोगटी, दलबहादुर रावल र उक्त पार्टीका उम्मेदवार दलबहादुर रावलले सम्युक्त रुपमा सम्पर्क कार्यालयको उद्घाटन गरेका थिए । एमाले पार्टी कार्यालय मै सो कार्यालयमा स्थापना गरिएको छ । त्यसैगरि एमालेले निर्वाचन लक्षित मिडिया सेन्टर पनि स्थापना गरिएको छ ।
सेन्टर पनि पार्टि कार्यालय मै स्थापना गरिएको छ । त्यसैगरि शुक्रबार नेपाली कम्युनिष्ट पार्टीकाको पनि निर्वाचन लक्षित सम्पर्क कार्यालय स्थापना गरिएको छ । उक्त पार्टीबाट प्रतिनिधि सभा सदस्यका प्रत्यासी डाक्टर दिपेन्द्र रोकायाले सो कार्यालयको उद्घाटन गरेका थिए ।























