तीन वटा गाउँपालिकाको मत गणना गर्दा कस्ले कति मत प्राप्त गरे

फोटो क्याप्सन डाक्टर रोकाया, काँग्रेस उम्मेदवार जयपति रोकाया र एमाले उम्मेदवार फडेरा । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको तीन वटा गाउँपालिकाको मत गणना कार्य गर्दा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डाक्टर दिपेन्द्र रोकायाको अग्रता कायमै रहेको छ । पछिल्लो मत गणनाको बिबरण अनुसार डाक्टर रोकाया आफ्नो प्रतिश्प्रधी भन्दा साँढे तेह्र सय मतले अगाडी रहनु भएको हो ।

तीन वटा गाउँपालिकाहरु ताँजाकोट, अदानचुली र ताँजाकोटका २२ वटा मतदान केन्द्रको मत गणना गर्दा नेकपामा डाक्टर रोकाया तीन हजार ५३८ मत ल्याएर अग्रस्थानमा रहनु भएको मुख्यनिर्वाचन अधिकृत निलकण्ठ बरालले बताए । उनलाई नेपाली काँग्रेसका जयपति रोकायाले दुई हजार १८८ मत ल्याएर पछ्याई रहेका छन् । उनी दुई जनाविच एक हजार ३५० मत फरक रहेको छ । त्यसैगरि नेकपा एमालेका दलबहादुर फडेराले पनि दुई हजार १८१ मत ल्याएका छन् ।

रास्वपाकी टाली लाजोमले ७४ मत ल्यएकी छन भने राप्रपाका छक्क बुढाले पचास मत प्राप्त गरेका छन् । त्यसैगरि नेकपा माओवादीका कुम्भ बुढाले ९५, प्रलोपाका जटिल कार्कीले ११ मत ल्याएका छन् भने १३२ मत बदर भएको छ । ती दिन वटा गाउँपालिकामा आठ हजार २७५ मत खसेको थियो । हाल सर्केगार्ड गाउँपालिकामा मत गणना कार्य भई रहेको छ । हुम्ला जिल्लामा एक अस्थायी सहित ६५ मतदान केन्द्र रहेका छन् । हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकोमा २२ हजार ४६७ मत खसेको थियो ।