
सि.टा. समाचारदाता
सिमकोट । नेपाली कम्यनिष्ट पार्टीका डाक्टर दिपेन्द्र रोकायासंगको मतान्त्तर नेपाली काँग्रेसका रोकाया घटाउन सरु गरेका हुन । यसअघि नेकपाको आधार क्षेत्रमा साँढे तेह्र सय मतान्त्रर हुँदा सर्केगार्ड गाउँपालिकामा आउदा त्यो परक बाह्र सय १३ मतमा झरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको चार वटा गाउँपालिकाको मत गणना कार्य हुँदा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डाक्टर दिपेन्द्र रोकायाको अग्रता कायमै रहेको छ । पछिल्लो मत गणनाको बिबरण अनुसार डाक्टर रोकाया आफ्नो प्रतिश्प्रधी भन्दा केही घटेर बाह्र सय भन्दा बढी मतले अगाडी रहेका छन् ।
चार वटा गाउँपालिकाहरु ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिकाका ३४ वटा मतदान केन्द्रको मत गणना हुँदा नेकपामा डाक्टर रोकाया पाँच हजार १७१ मत ल्याएर अग्रस्थानमा रहेका छन् ।
उनलाई नेपाली काँग्रेसका जयपति रोकायाले तीन हजार ९५८ मत ल्याएर पछ्याई रहेका छन । उनी दुई जनाविच एक हजार २१३ मत फरक रहेको छ । काँग्रेसका रोकायाले मतान्तर घटाई रहेका छन् । त्यसैगरि नेकपा एमालेका दलबहादुर फडेराले पनि तीन हजार ११ मत ल्याउनु भएको छ । रास्वपाकी टाली लाजोमले १३८ मत ल्याउनु भएको छ भने राप्रपाका छक्क बुढाले ९६ मत ल्याउनु भएको छ ।
त्यसैगरि नेकपा माओवादीका कुम्भ बुढाले १०७, प्रलोपाका जटिल कार्कीले २३५ मत भने प्रलोपाका जटिल कार्कीले २४१ तत पाएका छन् । ती चार वटा गाउँपालिकामा बाह्र हजार ९५७ मत खसेको थियो । त्यसमा बाह्र हजार७१६ मत सदर भएका थिए । हुम्ला जिल्लामा एक अस्थायी सहित ६५ मतदान केन्द्र रहेका छन् । हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकोमा २२ हजार ४६७ मत खसेको थियो ।























