बिधार्थीहरुका लागि बित्तिय साक्षरता शिक्षा

फोटो क्याप्सन वित्तिय साक्षरता कक्षा सञ्चालन गरिदै । तस्बिर ः सि.टा.

सि.टा.समाचारदाता

हुम्ला । कक्षा एघार बाह्रमा अध्ययनरत बिधार्थीहरुका लागि वित्तिय साक्षरता कक्षा सञ्चालन गरिएको छ । बित्तिय कारोवार बारे बिधार्थीहरु जानकारी गराउन सिटिजन्स बैंकको सिमकोट शाखाले यो शिक्षा प्रदान गरेको हो । बैंङ्क तथा बित्तिय शिक्षाको जानकारी गराउनका लागि सिमकोट गाउँपालिका– ६ को मानसरोवर नमूना माध्यामिक विद्यालयको कक्षा एघार र बाह्रमा अध्ययनरत बिधार्थीहरुलाई वित्तिय साक्षरता शिक्षा दिने कार्य गरिएको सिटिजन्स बैंक सिमकोट शाखाका प्रमुख हेमराज हमालले बताए ।

यसमा बैङ्क खाता सञ्चालनदेखि यसको फाईदा, उपलव्धी, डिम्या खाता, नक्कली नोटका बारेमा पनि जानकारी गराउने कार्य भएको उहाँले बताउनुभयो । त्यसैगरि बचत, ऋण लगानीका वारेमा पनि छलफल भएको थियो । त्यसैगरि बैकिंङ कसुरु र सजायका बारेमा पनि छलफल भएको थियो ।

खातामा गरिने हस्ताक्षर, ग्राहकको गोपनियता, बैंङ्क खातामा जम्मा हुने रकमको श्रोतको पहिचानका बारेमा पनि जानकारी गरिएको थियो । दुवै कक्षा गरेर चालीस जना बिधार्थीहरुको सहभागिता रहेको कार्यक्रममा सबै विधार्थीहरुले बैंङ्कमा खाता खोल्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । स्मार्ट मनी टक नाराका साथ ग्लोबल मनी प्ताह मनाउने क्रममा यो कक्षा सञ्चालन गरिएको हो ।