सर्केगार्ड गाउँपालिकाको सत्रौ गाउँसभा सम्पन्न

फोटो क्याप्सन गाउँसभा सम्पन्न भएपछि सभाका सदस्यहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता

सिमकोट । जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाद्धारा हालसम्म ११४ वटा ऐन कानून तर्जुमा गर्दै गाउँसभाबाट पारित गरेर कार्यान्वयनमा ल्याएको छ । गाउँपालिका केन्द्र सर्केगार्डमा बसेको सत्रौ गाउँसभाले तीन वटा नयाँ कार्यविधि पारित गरेपछि गाउँपालिकाले तर्जुमा गरेको ऐन कानूनको संख्या बृद्धि भएको हो ।

सत्रौ गाउँसभाले नयाँ पारित गरेका कार्यविधिमा सर्केगार्ड गाउँपालिकाको कृषि विकास जीवनस्तर सुधार सहयोग सम्वन्धि कार्यविधि २०८२, सर्केगार्ड गाउँपालिकाको उत्पादनमा आधारित अनुदान वितरण सम्वन्धि कार्यविधि २०८२ र गाउँपालिकाको कृषि तथा पशु बिकास कार्यक्रम सञ्चालन कार्यविधि २०८२ रहेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर चन्दले बताए ।

सोह्रौ गाउँसभासम्म १११ वटा ऐन कानूनहरु तर्जुमा भई पारित भएका थिए । त्यसैगरि सभामा चार वटा प्रतिवेदन पनि पेश गरिएका थिए । जसमा लेखा समितिको अर्धवार्षिक प्रतिवेदन, अनुगमन, मुल्याङ्कन तथा शुसासन समितिको अधएवार्षिक प्रतिवेदन, गाउँपालिका न्यायिक समितिको अर्धवाािर्षक प्रतिवेदन र गाउँपालिका अर्धवार्षिक प्रगति प्रतिवेदन पनि पेश गरिएको थियो ।

साथै सभाले आव २०८२।०८३ को बार्षिक वजेत तथा कार्यक्रम संशोधन सर्वसम्मत रुपमा पारित भएका हुन । गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाको अध्यक्षतामा सभा सञ्चालन भएको थियो भने सभामा उपाध्यक्ष देवकी तिमिल्सीनाले प्रतिबेदनहरु प्रस्तुत गरेकी थिईन । सभाका सदस्यहरुको उपस्थिती रहेको थियो ।