उत्तरी हुम्लामा नेपालमा दर्ता भएका यातायातका साधन सञ्चालन गर्नुपर्ने

फोटो क्याप्सन नारा क्षेत्रबाट हिल्सातर्फ जादै गरेको नेपाली नम्बर प्लेटको गाडी ।

सि.टा. समाचारदाता
सिमकोट ।       सिमकोट गाउँपालिकाको केन्द्रदेखि नाम्खा गाउँपालिकाका विभिन्न क्षेत्रमा नेपाली नम्बर प्लेटका सवारी साधन मात्र सञ्चालन गर्न पाईने भएको छ ।

जिल्लाको पर्यटन क्षेत्रको प्रर्बद्धनका लागि वसेको सर्वपक्षीय वैठकले निशेषित क्षेत्रको सम्वेदनीलतालाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।

पर्यटकीय सिजन सुरु भएसंगै जिल्लामा बुधबार जिल्ला प्रशासन कार्यालयमा वसेको सर्वपक्षीय वैठकले निषेधित क्षेत्रको सम्वेदनसीलतालाई मध्यनजर राख्दै ती क्षेत्रमा नेपाली नम्बर प्लेट भएका यातायातका साधनहरु मात्र सञ्चालन गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए ।

गतवर्ष पर्यटकीय सिजनमा भारतीय नम्बर प्लेटका गाडी र मोटेरसाईकलन नाम्खा गाउँपालिकाको लाप्चा क्षेत्रसम्म पुगेका थिए ।

त्यसैले ती निषेधित क्षेत्रहरुमा जानु परे नेपालमा दर्ता भएका नम्बर प्लेटका यातायातका साधनहरु प्रयोग गरेर मात्र जान सवै पक्षलाई आग्रह समेत गरिएको छ ।