सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको बिधुत सुचारु भएको छ । हिल्दुम विधुत बितरण केन्द्रको पावर हाउसमा रहेकोमेशिनमा नयाँ ब्याट्री चार्जर जडान गरिएपछि बिधुत सेवा सुचारु भएको हो ।
हेल्दुङ वितरण केन्द्रको पावर हाउसको मेशिनमा नयाँ ब्याट्री चार्जर जडान गरिएपछि अठतिस घण्टापछि अवरुद्ध भएको बिधुत सेवा सुचारु भएको केन्द्रका प्रमुख जितेन्द्र शाहले बताए । मेशिनमा समस्या आएपछि शनिबार राती दश वजेबाट बिधुत आपुर्ती बन्द भएको थियो ।
उहाँका अनुसार पावर हाउसको मेशिनमा रहेको ब्याट्रीको चार्जर नेपालगंजबाट सोमवार आई पुगे लगत्तै प्राविधिकहरु पावरहाउसमा पुगेर नयाँ चार्जर जडान गरेपछि बिधुत आपुर्ती तत्काल भएको हो ।
सयले गर्दा केन्द्रबाट विद्युत् सेवा लिइरहेका दुई वटा गाउँवालिका विभिन्न गाउँ तथा बस्तीका उपभोक्ता प्रत्यक्ष रुपमा लावान्भित भएका हुन ।
विद्युत् सेवा आपुर्ती हुँँदा सञ्चार, इन्टरनेट, खानेपानी, साना उद्योग व्यवसाय तथा दैनिक जनजीवनमा सहज भएको छ । विद्युत् सेवा सुचारु हुँदा सिमकोट र खार्पुनाथका करिब दुई हजार पाँच सय उपभोक्ता प्रत्यक्ष लावान्भित भएका छन् ।




















