कर्णाली करिडोरको धुलाचौरको सडक सुचारु

फोटो क्याप्सन: सिमा क्षेत्रकाे बिवादका कारण धुलाचाैर बन्दले रोकिएका गाडि । तस्बिर : सि.टा

सि.टा.समाचारदाता
सिमकोट ।       कर्णाली करिडोर अन्र्तगत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा हुम्ला आउजाउ गर्ने यातायातका साधनहरु सुचारु भएका छन । बन्दको आयोजना हिमाली युवा क्लवका मागहरु पुरा भएको जनाउदै आईतबार बेलुका सात वजेबाट बन्द फिर्ता लिएपछि यातायात सेवा सुचारु भएको हो ।

सीमा विवाद सम्वन्धमा नेपाल सरकारले अध्ययन समिति बनाएकोले आफ्नो माग पुरा भएको कारण बन्द गरिएको यातायात सेवा सुचारु भएको छ । सडकको विचमा ढुङ्गा राखेर दिउसो बाह्र बजेबाट गरिएको बन्द यात्रुहरुलाई ती ढुङ्गा फाल्न लगाएर यातायात सुचारु भएको हुम्लाबाट सुर्खेत जादै गरेका हुम्लाका यात्रु बाँचबहादुर रावतले बताए ।

यसलाई जिल्ला प्रशासन कार्यालय बाजुराले पनि यातायात सेवा सुचारु भएको पुष्टि गरेको छ । २४ घण्टे अल्टिमेटम दिएर गत शुक्रबार दिउसोबाट खोलिएको बन्दलाई निर्धारित अवधिमा आफ्ना मागको कुनै सुनुवाई नभएको भन्दै आईतबार बाह्र वजेबाट स्थानीयले पून बन्द गरेका थिए ।

यसबाट हुम्लावाट सुर्खेत नेपालगंजतर्फ लाग्ने यात्रुहरुलाई सहज भएको छ । धुलाचौरमा जेठ १३ गतेबाट सुरु हुन लागेको बन्दको धुलाचौरमा रोकिनु परेका प्रदेश स्तरको राष्ट्रपति रनिङ शिल्डका खेलाडीहरु समेत जान पाउनु भएको छ । त्यसैगरि सुर्खेत र नेपालगंजबाट आउनु भएका यात्रु बहाक र अन्य मालवहाक सवारी साधनहरु पनि हुम्लातर्फ आउन पाएका छन् ।