सि.टा. समाचारदाता
हुम्ला । नयाँ घोरेटो बाटो निर्माण गरिएको छ । यसअघि पशुबस्तुलाई चराउन र गोठालालाई जानका लागि घोरेटो बाटो नभएको कारण नयाँ वाटो निर्माण गरिएको हो ।
खार्पुनाथ गाउँपालिका– ५ को खर्पेलगाउँका पशुवस्त चराउन लैजाने बन क्षेत्र पानीमुल देखि काप्रेसम्मको घोरेटो बाटो निर्माण गर्ने कार्य पुरा भएको सो वडाका वडा अध्यक्ष भरतजंग शाहीले बताए ।
यसअघि बाटो नभएको कारण पशुबस्तु चराउन लैजान असजिलो हुने गरेको कारण नयाँ घोरेटो बाटो निर्माण गरिएको छ । स्थानीय उपभोक्ता समितिद्धारा निर्माण गरिएको सो घोरेटोबाट ३७० मिटर लम्बाई र तीन मिटर चौढा रहेको छ । वडाको वजेटबाट सो बाटो निर्माण गरिएको छ । कुल लागत पाँच लाख रुपियाँ रहेको सो बाटो स्थानीयले पन्द्र दिनमा निर्माण कार्य सम्पन्न गरेका थिए ।























