सि.टा. समाचारदाता
सिमकोट । कर्णाली करिडोरको बाजुरा जिल्लाको धुलाचौरमा गरिएको बन्द खलाउनका लागि हुम्ला जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सासद जयपति रोकायाका अगाडी गृहमन्त्री सुदन गरुङले बन्द सडक खुलाउन हुम्ला र वाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्लेशन दिएका छन ।
सडक बन्दले हुम्ला आउने र हुम्लावाट जाने यात्रुहरु धुलाचौरमा अलपत्र परेपछि सासद रोकायाले गृहमन्त्री गुरुङलाई भेटेर यो समस्या अवगत गराएका उनल मन्त्रीले सिडियोलाई सो निर्देशन दिएका हुन ।
भेटमा गृहमन्त्री गुरुङले आफ्नो अगाडी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर राजमार्ग रोक्न नपाई र तत्काल खोल्ने बाताबरण सृजना गर्न आदेश दिएको सासद रोकायाले बताए ।
संभव भएसम्म सहज बाताबरणमा सडक सुचारु गराउने र नभए प्रहरी बल प्रयोग गरेर भएपनि बन्द सडक खुलाउन मन्त्री गुरुङले दुवै जिल्लाका सिडियोलाई निर्देशन दिएको सासद रोकायाको भनाई छ ।
बलको कमी भए प्रदेशबाट झिकाएर भएपनि वाटो खुलाउने काम गर्न मन्त्रीले सिडियोलाई आदेश दिएका थिए । सिडियोलाई सो आदेस शुक्रबार दिउसो दिईएको थियो ।
तर यो समाचार तयार पारुन्जेलसम्म साँझ सात वजे पनि बन्द सडक सुचारु भएको छैन । सीमा बिबादलाई लिएर बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्रमा स्थानीयले कर्णाली करिडोरको धुलाचौरमा तेस्रो दिन पनि बन्द यथावत राखेका छन् ।
यसको कारण सुर्खेत नेपालगंजबाट आउने र हुम्लाबाट जान यात्रुहरु अलपत्र अवस्थामा परेको बन्दबाट पिडित हुँदै आएका छन् । दुवैतर्फ गरि बस, ट्रक, वोलेरो जीप, ट्याक्टर, मोटरसाईलक लगाएतका असी भन्दा बढी यातायातका साधनहरु धुलाचौरमा बन्दको कारण रोकिएका छन ।
दुई जिल्लाको सिमाना लाम्पाटा, च्याचौर सीमा विवादलाई लिएर दुई जिल्लाका स्थानीयविच बिबाद भएपछि गत जेठ ५ गते लाम्पाटामा दुई पक्षविच झडप भएको थियो ।
त्यसपछि दुवै पक्षको विवाद चुलिदै गएको छ । सो झडपमा वाजुराका चार जना घाईते हुनु भएको थियो । विवादका आरोपीलाई प्रहरीले नियन्त्रणमा लिन माग गर्दै बाजुराको तर्फबाट कर्णाली करिडोर बन्द गरिएको हो ।























