भोटेकोशी बाढीको कारण हुम्लाका नौ मध्य दुई जना सम्पर्कमा

सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटकोशी बाढीको कारण हुम्ला जिल्लाका नौ जना सम्पर्क बिहनि मध्य दुई जना सम्पर्कमा आएका छन् ।

कर्मचारी र मजदुरीका रुपमा काम गर्दै आएका र सम्पर्क बिहीन रहेका ममध्य दुई जना सम्पर्क आएका हुन ।
दुई जना सम्पर्क बिहीनहरु भने बिहीबार र शुक्रबार सम्पर्कमा आएका छन् । सम्पर्कमा आउनेमा सर्केगार्ड गाउँपालिका– ८ फुचाका तुलाराज बुढा र चंङ्खेली गाउँपालिका– १ का मन्जीत बुढा रहेका छन् ।

यसअघि सम्पर्क बिहीन नौ जना थिए । रसुवा बाढीको कारण त्यहाँ काम गर्दै आएका सम्पर्क बिहीन मध्य सात जना हुम्लाका वासिन्दा अझै सम्पर्क बिहीन अवस्थामा रहेका छन ।

यसरी सम्पर्क बिहीन भएका हुम्लाका स्थानीयमा ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रीमति अनिता रावत, ताँजाकोट गाउँपालिका– ३ का धनराज जैसी रहेका छन् ।

यता सर्केगार्ड गाउँपालिका– ८ को फुचा गाउँकी कविता बुढा, उहाँकी छोरी रियासा बुढा र मानसिंह ऐडी पनि सम्पर्क बिहीन रहेका छन । यसमा चार जना पुरुष र तीन जना महिला रहेकी छन । उनीहरु मध्य पाँच जना रसुवाको टिमुरे र रसुवागढीमा मजदुरी काम गर्दै आएका थिए । हुम्लाबाट एक जना जागिरको शिलशिला रसुवामा रहेका थिए । उनका आफन्तले सम्पर्क बिहीनको खोजीका लागि आग्रह समेत गरेका छन् ।