सि.टा. समाचारदाता
सिमकोट । रसुवाको भोटकोशी बाढीको कारण हुम्ला जिल्लाका सात जना अझै सम्पर्क बिहीन अवस्था मै रहेका छन् । कर्मचारी र मजदुरीका रुपमा काम गर्दै आएका उनीहरु सम्पर्क बिहीन रहेका हुन ।
हालसम्म रसुवा बाढीको कारण त्यहाँ काम गर्दै आएका सम्पर्क बिहीन मध्य सात जना हुम्लाका वासिन्दा अझै सम्पर्क बिहीन अवस्थामा रहेका छन ।
यसरी सम्पर्क बिहीन भएका हुम्लाका स्थानीयमा ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रीमति अनिता रावत, ताँजाकोट गाउँपालिका– ३ का धनराज जैसी, सर्केगार्ड गाउँपालिका– ८ को फुचा गाउँकी कविता बुढा, उनकी छोरी रियासा बुढा र मानसिंह ऐडी रहेका छन ।
यसमा चार जना पुरुष र तीन जना महिला छन । उनीहरु मध्य पाँच जना रसुवाको टिमुरे र रसुवागढीमा मजदुरी काम गर्दै आएका थिए । हुम्लाबाट एक जना जागिरको शिलशिला रसुवामा थिए । ती सम्पर्क बिहीनका आफन्तले सम्पर्क बिहीनको खोजीका लागि आग्रह समेत गरेका छन् ।








