नेपाल महिला संघ प्रदेश ‘ख’ का सभापति लामाद्वारा विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल महिला संघ प्रदेश ‘ख’ सभापति छपाल लामाले मानसरोवर माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूका लागि खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको छ ।

लामाले विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीलाई एक सेट भलिबल र एक सेट नेट हस्तान्तरण गरेकी हुन ।

छात्राहरूको खेल क्षेत्रमा रहेको प्रतिभा तथा क्षमता विकास गर्न र उनीहरूमा भएका सीप तथा कलालाई खेलकुदमार्फत बाहिर प्रस्फुटन गराउनका लागिले खेल सामग्री वितरण गरिएको सभापति लामाले बताईन ।

विद्यालयमा अध्ययनरत छात्राहरूलाई पढाइसँगै खेलकुदका क्षेत्रमा पनि सक्रिय बनाउन आवश्यक रहेको रहेको समयमा खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा समेत सहयोग पु¥याउने बिस्वास गरिएको छ ।

खेलकुद सामग्री प्राप्त भएपछि विद्यालयका छात्राहरूलाई नियमित रूपमा भलिबल अभ्यास तथा प्रतियोगितामा सहभागी हुन सहज हुने विद्यालयले जनाएको छ । आवश्यक खेलकुद सामग्रीको अभावमा अभ्यास गर्न समस्या हुँदै आएको अवस्थामा सामग्री सहयोगले छात्राहरूलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ ।